१८ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ ।

क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्वाचन हुने जानकारी दिनुभयो । उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकिएको थियो । यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो ।

क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा छ हजार १४६ मतदाता रहेका छन् ।




भर्खरै