१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित
अ अ+ अ-

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ ।

आईतवार बिहान सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गरेको हो । बैठकमा समिति सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गर्न प्रश्ताव गर्नुभयो । उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेको घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा माननीय सदस्यहरुले केही नीतिगत विषयमा उठाउनुभएको र त्यस्ता विषयहरुमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरुपता कायम गर्न उपयुक्त हुने हुँदा मान्य सदस्यहरुका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्ष सम्बन्धी विधेयक संसदमा ल्याउन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकिएको हुँदा कुलपतिको सम्बन्धमा मान्य सदस्यहरुले उठाउनुभएको विषय उक्त विधेयकले सम्बोधन गर्ने हुँदा प्रश्तावित विषयमा सहमति गरेर जान आग्रह गर्दछु । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्न प्रश्ताव गर्दछु ।’

समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा समिति सदस्यहरुले केही नीतिगत विषयमा उठाउनुभएको र त्यस्ता विषयहरुमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरुपता कायम गर्न उपयुक्त हुने भन्दै समिति सदस्यहरुका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्ष सम्बन्धी विधेयक संसदमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।