काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौद्वारा अवैध रुपमा हात्तीको दाह्रा सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाचँथर जिल्ला भई हाल काठमाण्डौ कपन बस्ने बर्ष २८ को रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई हाल काठमाण्डौ कपन बस्ने बर्ष २५ को हरि कार्की र गोरखा जिल्लाका २२ वर्षिय सुबोध देवकोटा हाल काठमाण्डौ सामाखुसी बस्ने रहेका छन् ।
उनीहरुलाई का.जि.का.म.न.पा. वडा नं. ४ सुकेधारामा हात्तीको दाह्रा (बन्यजन्तुको अबैध अखेटोपहार) को खरीद बिक्री हुदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १० ईञ्च लामो हात्तीको दाह्रासहित प्रक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको छ ।











