१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीको दाह्रा सहित तिन जना पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौद्वारा अवैध रुपमा हात्तीको दाह्रा सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाचँथर जिल्ला भई हाल काठमाण्डौ कपन बस्ने बर्ष २८ को रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई हाल काठमाण्डौ कपन बस्ने बर्ष २५ को हरि कार्की र गोरखा जिल्लाका २२ वर्षिय सुबोध देवकोटा हाल काठमाण्डौ सामाखुसी बस्ने रहेका छन् ।

उनीहरुलाई का.जि.का.म.न.पा. वडा नं. ४ सुकेधारामा हात्तीको दाह्रा (बन्यजन्तुको अबैध अखेटोपहार)  को खरीद बिक्री हुदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १० ईञ्च लामो हात्तीको दाह्रासहित प्रक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको छ ।