२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.41

Wind: 1.03

Humidity: 33

तपाईं के खोज्दै हुनुहुन्छ ?

हलेसीमा निःशुल्क आँखा शिविर



अ+ अ-

खोटाङ । नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ६०३ जना लाभान्वित भएका छन् ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा यही चैत १४, १५ र १६ गतेसम्म सञ्चालन भएको शिविरमा १०७ जनाको शल्यक्रिया गरिएको थियो ।

शिविरमा ४४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले  जानकारी दिनुभयो । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन भएको थियो ।