
काठमाडौं । काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।
शनिबार राति नागार्जुन नगरपालिका-८ ठुलो खोलामा धादिङबाट काठमाडौं आउँदै गरेको प्र ३ -०१-०२४ च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डे रहेका छन् । उनको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परी गाडी चालक भिमेश्वर-४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।