७ भाद्र २०८३, आईतवार
,
Latest
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर



अ+ अ-

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी हेरफेर गरेको छ । यस्तै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालका सुरक्षाकर्मीसमेत हेरफेर गरिएको छ ।

शाह, दाहाल र नेपालको सुरक्षामा लामो समयदेखि खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई हेरफेर गरिएको हो ।

विशेष गरी भीभीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना संगठनलाई दिन छाडेपछि हेरफेर गर्नुपरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

पूर्वराजा शाहको सुरक्षाका लागि डीएसपीको कमान्डमा १६ जना, पूर्वप्रधानमन्त्री दाहाल र माधव नेपालको सुरक्षाका लागि इन्स्पेक्टरको कमान्डमा १०/१० जना खटिँदै आएका थिए ।

अहिले संख्या नघटाएर सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूको हेरफेर मात्र गरिएको हो ।

यता, सशस्त्र प्रहरी बलले भने पूर्वराजा ज्ञानेन्द्रका आफन्तलाई दिइँदै आएको सुरक्षाकर्मी फिर्ता बोलाएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको अवस्था मूल्याङ्कन गरेर दाहाल र नेपालको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको संख्या भने बढाइएको छ ।