
काठमाडौँ। हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । हङकङमा चैत २७ गते सुरु हुने सिरिजमा नेपाल, कतार, कुवेत र घरेलु टोली सम्मिलित छन् ।
टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने र अनिलकुमार साह समेटिएका छैनन् । दुवै इन्जुरीबाट रिकभर हुने क्रममा रहेकाले टोली बाहिर राखिएको बुझिएको छ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम र विवेक यादव ।