२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल

शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा समर्थकले गरेका हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संविधान, कानुन र वर्तमान व्यवस्थाविपरीत प्रर्दशनकारी समूहले मानवीयसहित विभिन्न स्थानमा भौतिक संरचना तोडफोड, आगजनीलगायत गरेका घटना आपराधिक क्रियाकलाप भएकाले सरकारले यथाशीघ्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको शान्ति सुव्यवस्था खलबलाउने उक्त घटना अराजनीतिक तथा निन्दनीय रहेको धारणा राख्नुभयो । मुलुकको परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएर शान्ति सुरक्षासहित नागरिकको ज्यानको रक्षाको जिम्मेवारीलाई थप सशक्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेले घटनामा संलग्न अपराधीलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै परिवर्तन पक्षधर सबै देशभक्त र क्रान्तिकारी शक्तिलाई एकताबद्व हुन आह्वान गर्नुभयो ।

राजावादी समर्थकद्वारा शुक्रबार भएको घटनाको क्षतिबारे बुझ्न आज गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुग्नुभएको थियो । रासस