
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ ।
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद घोषणा गर्नुपर्ने बताएका हुन् ।
राप्रपाले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ। राप्रपाले मृतक पत्रकारलाई बचाउन सरकार उदासीन रहेको आरोप लगाउँदै अनावश्यक रूपमा गोली चलाउनु सरकारको गल्ती भएको दाबी गरेको छ।