२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
Latest
आईपीएल आजः आरसीबी र गुजरातबीच भिडन्त सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित: राष्ट्रपति पौडेल सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कुलमान र हितेन्द्रको मुद्दा न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा संविधानविद् भीमार्जुन आचार्यको स्टाटस कसरी हट्यो ? यस्तो लेख्नु भएको थियो हिमालको सरसफाईका लागि ‘रेष्ट अफ व्याग’ लाई अनिवार्य गरिनुपर्छः आङछिरिङ शेर्पा नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न निजी क्षेत्रको माग



अ+ अ-

काठमाडौँ। शुक्रबार तिनकुने क्षेत्रमा भएका हिंसात्मक आन्दोलन, तोडफोड, लुटपाटजस्ता अराजक गतिविधिको विरोध जनाउँदै निजी क्षेत्रका पेसागत सङ्गठनले दोषीलाई कारबाहीको माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन् ।

महासङ्घले निजी सम्पत्ति, सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान, विभिन्न कार्यालय तथा व्यापारिक गतिविधिमा भएको आक्रमण, आगजनी तथा लुटपाटको विरोध जनाउँदै क्षतिपूर्तिको मागसमेत गरेको छ । “संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण निन्दनीय छ । कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति महासङ्घ घोर निन्दा र भत्र्सना गर्दछ”, महासङ्घको विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाको पुनरावृत्ति रोक्न पनि महासङ्घले आग्रह गरेको छ ।

यस्तै, उद्योग परिसङ्घले अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । “शुक्रबार निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुःखद् हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आमनागरिक, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ”, जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसङ्घ माग गर्दछ ।”

विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए पनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन निजी क्षेत्रले आग्रह गरेको छ । रासस