२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
Latest
आईपीएल आजः आरसीबी र गुजरातबीच भिडन्त सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित: राष्ट्रपति पौडेल सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कुलमान र हितेन्द्रको मुद्दा न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा संविधानविद् भीमार्जुन आचार्यको स्टाटस कसरी हट्यो ? यस्तो लेख्नु भएको थियो हिमालको सरसफाईका लागि ‘रेष्ट अफ व्याग’ लाई अनिवार्य गरिनुपर्छः आङछिरिङ शेर्पा नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा



अ+ अ-

कााठमाडौँ। घोडेजात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको छ ।

परम्पराअनुसार मङ्गलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई मिलन गराई पुनःआफ्नै मन्दिरमा राखिने गरिएको छ । ललितपुर महानगरपालिका वडा नं ९ र ११ को पहलमा धिमे बाजासहित पूजाआजा गरी विभिन्न रुटमा घुमाएर आज घोडेजात्राका अवसरमा पाटनका स्थानीयले यो जात्रा मनाएका हुन् ।

स्थानीयलाई रोगव्याधि, भयबाट मुक्त गराउन तथा भौतिक बाधा अड्चन नहोस् भनेर पाटन नगरभित्र लिच्छवीकालदेखि नै यो जात्रा मनाइँदै आएको यस क्षेत्रका स्थानीयले बताएका छन् ।

किंवदन्तीअनुसार दिदी बालकुमारी माईलाई बहिनी चामुण्डा माईले तीनपटक परिक्रमा गरेपछि दुवै देवीलाई पुनःआफ्नै मन्दिरमा राखिने गरिएको चामुण्डा माई जात्रा व्यवस्थापन समितिका सचिव राजेश्वर महर्जनले जानकारी दिनुभयो ।

यस क्षेत्रका स्थानीयले भेला भई खानाका परिकार खाएर नाँचगान गरी एकअर्कामा मिलन र खुसी साटासाट गर्दै नायखी बाजाको तालमा देवीको परिक्रमा गराई यो जात्रा मनाएका छन् । रासस