४ भाद्र २०८३, बिहीबार
,
Latest
अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइम्स बास्केटबल क्लब साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ।

भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको बताइएको छ।

टाइम्सले पहिलो खेलमा श्रीलंकाको कोलम्बो बिसीको सामना गर्नेछ। टोलीको सबै खर्च टाइम्स कलेजले बेहोर्ने बताइएको छ। टाइम्स टोलीका सदस्य एवम् राष्ट्रिय टोलीका कप्तान सधिश प्रधानले राष्ट्रिय च्याम्पियनसिपदेखि नै प्रशिक्षण गरेकाले तयारी सन्तोषजनक रहेको बताए ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालको बास्केटबल विकासमा टाइम्सको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले टोलीको सफलताको लागि शुभकामना पनि दिए‌।

बास्केटबल संघका अध्यक्ष गुरुङ, महासचिव नरेन्द्र थापाले टाइम्स कलेजका बोर्ड अफ डाइरेक्टर सुजन अर्याल र विष्णु पाण्डे टाइम्स टोलीलाई बिदाइ गरेका थिए। टोली सोमवार भारत प्रस्थान गर्ने बताइएको छ।




भर्खरै