१६ भाद्र २०८३, मंगलवार
,
Latest
पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट भुटान डिपोर्ट गरिएका शरणार्थीमध्ये ३ जना बेलडाँगी शिविरमा



अ+ अ-

काठमाडौँ । शुक्रबार अमेरिकाबाट भुटानको पारो ‘डिपोर्ट’ गरिएका भुटानी शरणार्थीमध्ये तीन जना झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर पुगेका छन् ।

आपराधिक गतिविधिमा संलग्न भएपछि अमेरिकाबाट दुई चरणमा १० शरणार्थीलाई भुटान डिपोर्ट गरिएको थियो ।

ती शरणार्थीलाई भुटानले पारो विमानस्थलमा स्वागत गर्दै खानपिन गराएर सीमावर्ती नाका फुन्चोलिङ–जयगाउँ (भारत)मा ल्याएर शुक्रबार दिउँसो छाडिदिएको थियो ।

त्यहाँबाट भारतले पूर्वी नेपालको सीमावर्ती विन्दु पानीट्यांकीमा ल्याएर शुक्रबार अपराह्न छाडिदिएपछि त्यसमध्ये तीन जना अनाधिकृत रुपले नेपाल छिरेका हुन् ।

उनीहरू शुक्रबार बेलुका ९ बजे बेलडाँगी आइपुगेका थिए । दश जना निर्वासितहरूमध्ये तीन जना रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जी नेपाल प्रवेश गरेका हुन् ।

शिविरमा आइपुगेका तीनै जनालाई इलाका प्रहरी प्रशासन कार्यालय दमकमा आवश्यक सोधपुछ प्रक्रियामा लगिएको छ ।

Photo Source: Bhutanese News