२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने–कोटेश्वर क्षेत्रको आज अनुगमन गर्दैछन् ।

मन्त्री लेखक अहिले बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जनाएको छ ।

राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा हिजो तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।

केही मलहरूमा लुटपाट गरेका छन् । सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन् । जडीबुटी कम्पनीमा आगो लगाइदिएका छन् ।

त्यस क्षेत्रमा हिजो अपराह्न ४ बजेदेखि लगाइएको कफ्र्यु अहिले बिहान ७ बजेदेखि हटाइएको छ ।