२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
Latest
गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो पत्रकार सुरेश रजकको आज दाहसंस्कार गरिँदै मेडिकल र राहत सामग्रीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान आईपीएल आजः आरसीबी र गुजरातबीच भिडन्त सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित: राष्ट्रपति पौडेल सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कुलमान र हितेन्द्रको मुद्दा न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा संविधानविद् भीमार्जुन आचार्यको स्टाटस कसरी हट्यो ? यस्तो लेख्नु भएको थियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ घण्टापछि हट्यो तीनकुने क्षेत्रको कर्फ्यु



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन कुने क्षेत्रमा जारी गरेको कर्फ्यु हटाएको छ । आज बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर हिजो दिउँसो ४ बजेदेखि पहिलो पटक राति १० बजेसम्मका लागि कफ्र्यु आदेश गरेको थियो ।

रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कफ्र्यु आदेश आज (शनिबार ) बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।

शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।

शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।