१८ असार २०८३, बिहीबार
,
Latest
सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्छ : प्रभु साह



अ+ अ-

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

आजपा अध्यक्ष साहले आज एक बिज्ञप्ती जारी गर्दै पछिल्लो घटनाक्रमको नैतिक जिम्मेवारी लिदै नयाँ निकासका लागि प्रधानमन्त्री ओलीले राजिनामा गरि निकास दिनुपर्ने जनाएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल रहेको साहले जनाएका छन् । वर्तमान सरकारले शान्ति सुव्यवस्था कायम गर्न नसकेर आज देशको राजधानी काठमाण्डौंमा ठुलो धनजनको क्षति भएको छ । पत्रकार सुरेश रजक र संजिव महर्जनको दुःखद निधन एवं कयौ व्यक्ति घाइते भएकाछन । सरकारको अलोकतान्त्रिक रवैया, उदासिनता एवं निकम्मापनकै कारण जनतामा चरम असन्तुष्टि एंव आक्रोश बढ्दो छ´ आजपा अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै उनले विपक्षी दलहरूको अवरुद्धले सिंगै संसद ठप्प रहेको र सत्तागठबन्धन भित्रको बिवादले आफैले ल्याएको अध्यादेश होल्ड गर्नु परेको, देशको आर्थिक सूचिकांक सम्पूर्ण नकरात्मक रहेको, संविधान कार्यान्वयन तथा शान्तिप्रक्रिया समेत अवरुद्ध भएको, अन्तराष्ट्रिय कुटनीति सम्बन्ध पनि मृत भएको, सुशासन, स्थिरता एंव बिकासमा समेतमा सरकार असफल देखिएको तथा आफ्नै कार्य सम्पादन मूल्यांकनमा पनि फेल भएकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने साहको माग रहेको छ ।

पछिल्लो समय बसेको आजपा पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै मुलुकको संकट समाधानका लागि अन्तरिम सरकार गठनको माग गरेको थियो ।