५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्छ : प्रभु साह



अ+ अ-

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

आजपा अध्यक्ष साहले आज एक बिज्ञप्ती जारी गर्दै पछिल्लो घटनाक्रमको नैतिक जिम्मेवारी लिदै नयाँ निकासका लागि प्रधानमन्त्री ओलीले राजिनामा गरि निकास दिनुपर्ने जनाएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल रहेको साहले जनाएका छन् । वर्तमान सरकारले शान्ति सुव्यवस्था कायम गर्न नसकेर आज देशको राजधानी काठमाण्डौंमा ठुलो धनजनको क्षति भएको छ । पत्रकार सुरेश रजक र संजिव महर्जनको दुःखद निधन एवं कयौ व्यक्ति घाइते भएकाछन । सरकारको अलोकतान्त्रिक रवैया, उदासिनता एवं निकम्मापनकै कारण जनतामा चरम असन्तुष्टि एंव आक्रोश बढ्दो छ´ आजपा अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै उनले विपक्षी दलहरूको अवरुद्धले सिंगै संसद ठप्प रहेको र सत्तागठबन्धन भित्रको बिवादले आफैले ल्याएको अध्यादेश होल्ड गर्नु परेको, देशको आर्थिक सूचिकांक सम्पूर्ण नकरात्मक रहेको, संविधान कार्यान्वयन तथा शान्तिप्रक्रिया समेत अवरुद्ध भएको, अन्तराष्ट्रिय कुटनीति सम्बन्ध पनि मृत भएको, सुशासन, स्थिरता एंव बिकासमा समेतमा सरकार असफल देखिएको तथा आफ्नै कार्य सम्पादन मूल्यांकनमा पनि फेल भएकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने साहको माग रहेको छ ।

पछिल्लो समय बसेको आजपा पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै मुलुकको संकट समाधानका लागि अन्तरिम सरकार गठनको माग गरेको थियो ।