३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल



अ+ अ-

काठमाडौँ। सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ । गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।

पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीजस्ता अमानवीय एवं अमर्यादित घटना गैरकानुनी तथा घोर भत्र्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने–गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने सरकारले स्पष्ट पारेको छ ।

संविधानले सबै वर्ग, जाति, भाषा, लिङ्ग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्गप्रशस्त गरेकै उल्लेख गर्दै मन्त्रालयले शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाई नहुने स्पष्ट गरेको छ । रासस