७ भाद्र २०८३, आईतवार
,
Latest
जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ- प्रदीप यादव



अ+ अ-

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभएको छ ।

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मातहतका निकायसँग ‘चालु आर्थिक वर्षको पुँजीगत खर्च र आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा’सम्बन्धी बैठकमा उहाँले बजेट प्रभावकारी बनाउन आवश्यकता अनुसार समन्वय गर्न मातहतका निकायलाई आग्रह गर्नुभयो ।

मन्त्री यादवले भन्नुभयो, “स्थानीय तहबाट प्राप्त सुझावलाई ग्रहण गरौँ, योजना तथा कार्यक्रमलाई उत्कृष्ट बनाउन ठोस योजना अघि सारौँ ।” आगामी आवका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा स्थानीय सरकार, खानेपानी उपभोक्ता महासङ्घलगायत निकायको महत्त्वपूर्ण भूमिका रहनेमा उहाँले जोड दिनुभयो ।

मन्त्री यादवले उपभोक्ता, महासङ्घलगायत सरोकार भएकाको सुझावका आधारमा मन्त्रालयले आगामी आवको कार्यक्रम र प्राथमिकता तय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तराई-मधेसका २२ जिल्लामा खानेपानीको समस्या हुँदै आएको छ, त्यसको दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।

मन्त्री यादवले पछिल्लो समय पहाडी र हिमाली जिल्लामा खानेपानीको समस्या देखिएकाले नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानीका लागि योजना बनाउनुपर्ने बताउनुभयो ।  “हामीले विशेष टोली गठन गरेर मेहनतका साथ योजना बनाउनुपर्दछ”, उहाँले भन्नुभयो, “उपभोक्ता, खानेपानी महासङ्घलगायत सरोकार भएकासँग छलफल गरी सुझाव र सल्लाह लिनु जरुरी छ । खानेपानीको समस्या समाधान हुनेगरी योजना बनाऔँ ।

मन्त्री यादवले बजेटको सिलिङ घटेको बताउँदै विनियोजन भएको बजेट खर्च नहुनु दुःखद् विषय भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बजेटको सिलिङ घट्यो भन्दै हामी दुःख मनाउँदैछौँ, तर विनियोजन भएको बजेट खर्च गर्न नसक्नुको कारण के हो ? कुनकुन पक्ष जिम्मेवार हो, यी विषयमा छलफल गरी आगामी वर्ष प्रभावकारी कार्यान्वयनमा जोड दिनु जरुरी छ ।”

मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी नपुगेका ठाउँमा पानी पुर्‍याउनु मन्त्रालयको पहिलो आवश्यकता र प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नपुगेका ठाउँमा पानी पुर्‍याउन र निर्माण सम्पन्न भएका आयोजनामा पानी प्रशोधन गर्न आवश्यक छ । त्यसतर्फ हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिवद्धय रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ, उपमहानिर्देशक रामचन्द्र काफ्लेलगायत विभिन्न महाशाखा प्रमुखहरूको सहभागिता थियो । रासस