५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन बजार सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति ल्याउँछौँ : मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँ आज राष्ट्रिय विज्ञापन सङ्घको दोस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताउनुभयो ।

सूचना प्रविधिको विकास बढ्दो भए पनि ऐन र कानुन पुरानै प्रवृत्तिमा रहेकाले कार्यान्व्यनमा समस्या आएको उहाँले औँल्याउनुभयो । तसर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । “ऐन र कानुन पुराना भए, समयसापेक्ष बनाउन संशोधन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “केही आवश्यकताका आधारमा नयाँ ऐन ल्याउनुपर्ने देखिन्छ ।”

कार्यक्रममा व्यक्ताहरूले उठाएको मदिराजन्य विज्ञापनमा सरकार खुकुलो हुनुपर्ने मागमाथि मन्त्री गुरुङले सरोकारवालासँग छलफल गरेर लचिलो हुन सकिने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी, पछिल्लो समय विज्ञापन बजार खुम्चिँदै गएको र मिडिया सञ्चालक बढ्दै गएकाले विज्ञापन व्यवस्थापनप्रति सरकार संवेदनशील रहेको उहाँले प्रष्ट पार्नुभयो ।

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन बजार घटिरहेको अवस्था उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट नीति तत्काल ल्याउनु आवश्यक रहेकामा जोड दिनुभयो । विज्ञापन बजार पारदर्शी बनाउन विज्ञापन ऐजेन्सीहरूको पनि साथ चाहिनेसमेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले विज्ञापन बजार घटेर २० प्रतिशत पुगेको अवस्था दर्शाउँदै विज्ञापन व्यवसाय बचाउन राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले विज्ञापन, मिडिया हाउस र श्रमजीवी पत्रकार एकअर्कासँग अन्तरसम्बन्धित रहेको हुँदा पत्रकारको रोजगारसँग जोडिएको विज्ञापन नीति सबैका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारको जीविकोपार्जनसँग जोडिएको विज्ञापन बजार व्यवस्थित र लचिलो हुनुपर्ने धारणा राख्नुभयो । रासस