८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विज्ञापन बजार सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति ल्याउँछौँ : मन्त्री गुरुङ

विज्ञापन बजार सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति ल्याउँछौँ : मन्त्री गुरुङ
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँ आज राष्ट्रिय विज्ञापन सङ्घको दोस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताउनुभयो ।

सूचना प्रविधिको विकास बढ्दो भए पनि ऐन र कानुन पुरानै प्रवृत्तिमा रहेकाले कार्यान्व्यनमा समस्या आएको उहाँले औँल्याउनुभयो । तसर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । “ऐन र कानुन पुराना भए, समयसापेक्ष बनाउन संशोधन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “केही आवश्यकताका आधारमा नयाँ ऐन ल्याउनुपर्ने देखिन्छ ।”

कार्यक्रममा व्यक्ताहरूले उठाएको मदिराजन्य विज्ञापनमा सरकार खुकुलो हुनुपर्ने मागमाथि मन्त्री गुरुङले सरोकारवालासँग छलफल गरेर लचिलो हुन सकिने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी, पछिल्लो समय विज्ञापन बजार खुम्चिँदै गएको र मिडिया सञ्चालक बढ्दै गएकाले विज्ञापन व्यवस्थापनप्रति सरकार संवेदनशील रहेको उहाँले प्रष्ट पार्नुभयो ।

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन बजार घटिरहेको अवस्था उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट नीति तत्काल ल्याउनु आवश्यक रहेकामा जोड दिनुभयो । विज्ञापन बजार पारदर्शी बनाउन विज्ञापन ऐजेन्सीहरूको पनि साथ चाहिनेसमेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले विज्ञापन बजार घटेर २० प्रतिशत पुगेको अवस्था दर्शाउँदै विज्ञापन व्यवसाय बचाउन राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले विज्ञापन, मिडिया हाउस र श्रमजीवी पत्रकार एकअर्कासँग अन्तरसम्बन्धित रहेको हुँदा पत्रकारको रोजगारसँग जोडिएको विज्ञापन नीति सबैका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारको जीविकोपार्जनसँग जोडिएको विज्ञापन बजार व्यवस्थित र लचिलो हुनुपर्ने धारणा राख्नुभयो । रासस