वीरगंजः नारायणी अस्पताल वीरगञ्ज परिसरमा प्रदर्शन तथा तोडफोड भएको छ ।
उपचारको अभावमा शनिबार एक युवतीको मृत्यु भएको विषयमा मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको छ ।
प्रदर्शनकारीले नारायणी अस्पताल, वीरगञ्जका डा उदयनारायण सिंहको गाडीमा समेत तोडफोड गरेका छन् ।
शुक्रबार चार वटा अस्पतालले उपचार गर्न नमानेपछि एक युवतीको समयमा उपचार नभएर मृत्यु भएको थियो । मृत्यु भएकी २० वर्षीया युवतीको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।











