१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छः जापानी प्रधानमन्त्री

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छः जापानी प्रधानमन्त्री
अ अ+ अ-

एजेन्सी । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ भएको बताउनुभएको छ ।

केही हप्ताअघि इशिबा र ट्रम्पबीच मैत्रीपूर्ण वार्ता भएको केही समयपछि यो कर वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक तथा रणनीतिक सहयोगीहरूमध्ये एक जापानका लागि ठूलो झट्का साबित भएको छ । जापानी अटो कम्पनीका सेयरहरू शुक्रबार दोस्रो दिन पनि घटेका छन् ।

“राष्ट्रपति ट्रम्पले के भनिरहनुभएको छ भने मित्र र शत्रु दुवै छन् र मित्रहरू अझ कठिन हुन सक्छन् । यो बुझ्न निकै कठिन छ”, विधायिका समितिको सत्रमा इशिबाले भन्नुभयो ।

“अमेरिकाका व्यापार साझेदारहरूले हाम्रो जागिर लिइरहेका छन्, हाम्रो सम्पत्ति लिइरहेका छन्, धेरै चीजहरू लिइरहेका छन्”, नयाँ सवारी करको घोषणा गर्दै ट्रम्पले ह्वाइट हाउसमा भन्नुभयो, “उनीहरूले हाम्रो देशबाट धेरै कुरा लिएका छन्, मित्र र शत्रु दुवैले । र वास्तवमा, मित्रले अझ खराब काम गरेका छन् ।”

यी कदमले अमेरिकाका मित्र राष्ट्रहरूमा चिन्ता उत्पन्न गरेको छ ।

प्रधानमन्त्री मार्क कार्नीले गहिरो द्विपक्षीय सम्बन्धको युग ‘समाप्त’ भएको घोषणा गर्दै देशको अटो उद्योगलाई ध्वस्त पार्न सक्ने ट्रम्पको भन्सार शुल्कप्रति क्यानाडाले तीव्र प्रतिक्रिया जनाएको छ ।

“यसको जापानी अर्थतन्त्रमा प्रभाव अत्यन्त महत्त्वपूर्ण हुनेछ । यसमा ठूलो झगडा गर्नुमा केही फाइदा छैन । हामी वासिङ्टनलाई तार्किक रूपमा बुझाउनेछौँ”, जापानका लागि इशिबाले चेतावनी दिनुभयो, “मुख्य कुरा के हो भने, जापानमा यति उच्च भन्सार शुल्क लगाउँदा संयुक्त राज्य अमेरिकालाई कुनै विशेष लाभ हुँदैन ।”

जापानमा १० प्रतिशत रोजगारी अटो उद्योगसँग जोडिएको छ ।

प्रधानमन्त्री इशिबाले बिहीबार जापानले भन्सार शुल्कको ‘उपयुक्त’ प्रतिक्रियाको समीक्षा गरिरहेको बताउनुभयो ।

सरकारी प्रवक्ता योसिमासा हयासीले भन्नुभयो, “वर्तमान कदमहरू र अमेरिकी सरकारका अन्य व्यापक व्यापार प्रतिबन्धहरूले जापान र संयुक्त राज्य अमेरिकाबीचको आर्थिक सम्बन्धका साथै विश्व अर्थव्यवस्था र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्न सक्छन् भन्ने हामी विश्वास गर्छौं ।”

ट्रम्पको यो कदमले पहिले नै स्टिल र एल्युमिनियममा लगाइएका भन्सार शुल्कहरूका कारण असुरक्षित रहेका लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ ।

दिउँसो कारोबारमा टोयोटा चार दशमलव ७६ प्रतिशत, होन्डा चार दशमलव ७७ प्रतिशत र निसान दुई दशमलव ९७ प्रतिशतले घटेका छन् । यो गिरावट बिहीबारको ठूलो गिरावटको निरन्तरता थियो ।

एक सरकारी स्रोतका अनुसार दक्षिण कोरिया, जापान र चीनका शीर्ष व्यापार अधिकारीहरू आर्थिक सहयोगबारे छलफल गर्न आइतबार सियोलमा भेट्ने तयारी गरेका छन् ।