७ भाद्र २०८३, आईतवार
,
Latest
आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुदूरपश्चिम प्रदेश सरकार खेलकुदका संरचना निर्माण गर्ने अभियानमा’



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार खेलकुदका संरचना निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगर खेलकुद मैदानमा निर्माण हुन लागेको ‘प्यारापिट’को आज शिलान्यास गर्दै मुख्यमन्त्री शाहले जिल्लाको प्राथमिकताका आधारमा खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदका क्षेत्रमा बजेट विनियोजन गर्दा जिल्लाका प्राथमिकताका आधारमा गरिएको हो, जिल्लाभर विभिन्न खेलकुदका संरचना निर्माण भइरहेका छन् ।” व्यवस्थितनगरको खेलकुद मैदानमा प्यारापिट निर्माण गर्न रु एक करोड विनियोजन गरिएको छ ।

मुख्यमन्त्री शाहले आजै लम्कीचुहा नगरपालिका–७ को हरैयापुर गाउँमा निर्माण हुन लागेको थारू समुदायको ‘देउथान मरुवा’को शिलान्यास गर्नुभयो । थारू समुदायको मठमन्दिरका रुपमा लिइने ‘देउथान मरुवा’ आस्थाको केन्द्रका रुपमा रहेको छ । यसको निर्माणका लागि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री शाहले हरेक नागरिकको आस्था फरक फरक रहने गरे पनि प्रदेश सरकारले सम्पूर्ण जातजातिको धर्म संस्कारको संरक्षण गर्नुपर्ने बताउनुभयो । रासस