काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेका मध्ये चार जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको स्रोतको अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।











