७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत- मुख्यमन्त्री सतिशकुमार सिंह



अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नागरिकको जीवनमा खेलकुद तथा अनुशासनको महत्वपूर्ण भूमिका रहेकाले मधेस प्रदेशमा खेलाडीलाई प्रोत्साहन गर्न तथा  खेलकुदको विकासका लागि आफ्नो सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

‘प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता’मा प्रथम स्थान हासिल गरेको मधेस प्रदेश प्रहरीको क्रिकेट टोलीलाई आज जनकपुरधाममा आयोजित समारोहमा सम्मानका साथ प्रशंसापत्र प्रदान गर्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारको खेलकूदसम्बन्धी ऐन प्रदेश संसद्बाट पारित भइसकेको जानकारी दिनुभयो । प्रदेशका खेलाडीले क्रिकेट तथा फुटबल खेलमा प्राप्त गरेको सफलताको उहाँले प्रशंसा गर्नुभयो ।

मधेस प्रदेश अहिले खेलकुदमा धेरै अगाडि बढेकाले आफ्नो सरकारले त्यसको विकास तथा प्रोत्साहनका लागि खेलडीलाई रोजगारी दिने तथा प्रदेशअन्तर्गतका खेलकुद रङ्गशालाको स्तरोन्नति गर्नतर्फ ध्यान दिएको मुख्यमन्त्री सिंहको भनाइ थियो ।

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित सो सम्मान समारोहमा  प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले खेलाडीको बिमा गर्ने तथा मधेसमा हुने खेलकुद प्रतियोगितालाई संरक्षण गर्नतर्फ लागिपरेको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले प्रहरीले शान्तिसुरक्षाको सवालमा महत्वपूर्ण कार्य गरिरहेको जानकारी दिँदै नेपाल प्रहरीले खेलकुदका साथै अनुशासन तथा सामाजिक कार्य गर्दैआएको बताउनुभयो ।रासस