१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
Latest
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना आज कोशी र गण्डकीमा वर्षाको सम्भावना रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किए प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिने प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर निर्वाचित ईदले समाजको सद्भाव अझै प्रगाढ बनाउने छ : पूर्वराष्ट्रपति भण्डारी धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ  :  उपराष्ट्रपति आज इस्लाम धर्मावलम्बीले ईद मनाउँदै, देशभर सार्वजनिक विदा आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत- मुख्यमन्त्री सतिशकुमार सिंह



अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नागरिकको जीवनमा खेलकुद तथा अनुशासनको महत्वपूर्ण भूमिका रहेकाले मधेस प्रदेशमा खेलाडीलाई प्रोत्साहन गर्न तथा  खेलकुदको विकासका लागि आफ्नो सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

‘प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता’मा प्रथम स्थान हासिल गरेको मधेस प्रदेश प्रहरीको क्रिकेट टोलीलाई आज जनकपुरधाममा आयोजित समारोहमा सम्मानका साथ प्रशंसापत्र प्रदान गर्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारको खेलकूदसम्बन्धी ऐन प्रदेश संसद्बाट पारित भइसकेको जानकारी दिनुभयो । प्रदेशका खेलाडीले क्रिकेट तथा फुटबल खेलमा प्राप्त गरेको सफलताको उहाँले प्रशंसा गर्नुभयो ।

मधेस प्रदेश अहिले खेलकुदमा धेरै अगाडि बढेकाले आफ्नो सरकारले त्यसको विकास तथा प्रोत्साहनका लागि खेलडीलाई रोजगारी दिने तथा प्रदेशअन्तर्गतका खेलकुद रङ्गशालाको स्तरोन्नति गर्नतर्फ ध्यान दिएको मुख्यमन्त्री सिंहको भनाइ थियो ।

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित सो सम्मान समारोहमा  प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले खेलाडीको बिमा गर्ने तथा मधेसमा हुने खेलकुद प्रतियोगितालाई संरक्षण गर्नतर्फ लागिपरेको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले प्रहरीले शान्तिसुरक्षाको सवालमा महत्वपूर्ण कार्य गरिरहेको जानकारी दिँदै नेपाल प्रहरीले खेलकुदका साथै अनुशासन तथा सामाजिक कार्य गर्दैआएको बताउनुभयो ।रासस