८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एसियातर्फ व्यापार केन्द्रित गर्दै ‘कीर्तिमान’ आर्कटिक शिपिङको रूसद्वारा प्रशंसा

एसियातर्फ व्यापार केन्द्रित गर्दै ‘कीर्तिमान’ आर्कटिक शिपिङको रूसद्वारा प्रशंसा
अ अ+ अ-

एजेन्सी: रूसले आफ्नो उत्तरी समुद्री मार्गमार्फत ‘कीर्तिमान’ माल ढुवानीको मात्रा हासिल गरेको छ । यसले युरोप र एसिया बीचको यात्रा समय कम गर्छ र आर्कटिक बर्फ पग्लँदै गएपछि युक्रेनमाथि लगाइएको प्रतिबन्धका कारण मस्कोलाई व्यापार पुनः निर्देशित गर्न मद्दत गर्दछ ।

मस्कोको युक्रेन आक्रमण सुरु गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक मार्गको प्रयोगलाई प्राथमिकता दिनुभएको थियो । यसमा रुसले आठवटा आणविक आइसब्रेकरहरूको फ्लीट विकास गरेको थियो ।

रूसी राष्ट्रपति पुटिनले बिहीबार उत्तरी रूसी बन्दरगाह मुरमान्स्कमा आर्कटिक विकासको मञ्चमा यस विषयमा सम्बोधन गर्नुहुनेछ । जलवायु परिवर्तनले पहिले बर्फले छोपिएका समुद्री मार्गहरू खुला हुँदै गएपछि आर्कटिक संसाधनहरूका लागि प्रतिस्पर्धा तीव्र भएको छ । मस्कोले उत्तरी समुद्री मार्गमा ठूलो लगानी गरेको छ ।

यो मार्गले माल ढुवानी गर्ने जहाजहरूको यात्रा समय सुएज क्यानलमार्फत जाँदा भन्दा १५ दिन कम गर्छ तर यसले धेरै लजिष्टिक समस्याहरूको सामना गर्नुपरेको छ ।

रूसको रोसाटोम आणविक एजेन्सीका आर्कटिक विकासका विशेष प्रतिनिधि भ्लादिमिर पानोभले बुधबार यस मार्गले सन् २०२४ मा यातायातको ‘नयाँ कीर्तिमान’ देखेको बताउनुभयो ।

“हामीले उत्तरी समुद्री मार्गका लागि नयाँ कीर्तिमानका साथ सन् २०२४ समाप्त गर्‍यौँ । हामीले तीन करोड ७९ लाख टन (माल) ढुवानी गरेका छौँ”, पानोभले भन्नुभयो ।

उहाँले मस्कोले ‘गृष्म र शरद ऋतुमा ढुवानीकर्ताहरूलाई आफ्नो मालहरू एसियाको बाटो हुँदै पुनः निर्देशित गरेको’ देखेको बताउनुभयो ।जलवायु परिवर्तनले रूसका आणविक आइसब्रेकरहरूलाई कहिलेकाहीँ कठिनाइका साथ आफ्नो पूर्वी तटका पूरै क्षेत्रमा जान दिएको छ ।

पछिल्लो दुई वर्षदेखि पहिलो पटक हामीले उत्तरी समुद्री मार्गका जलक्षेत्रमा आइसब्रेकरहरूको वर्षभरि सञ्चालन गर्न सुरु गर्‍यौँ”, पानोभले भन्नुभयो । आर्कटिक संसाधनका लागि विश्वव्यापी प्रतिस्पर्धा तीव्र भएको छ र यो पश्चिमसँग रूस असहमत रहेको अर्को क्षेत्र हो ।

रुसको विदेश मन्त्रालयका अधिकारी भ्लादिस्लाभ मास्लेनिकोभले पश्चिममा ‘उत्तेजक’ आर्कटिक नीति रहेको आरोप लगाउनुभयो । वातावरण संरक्षण र जलवायु परिवर्तनसँग लड्ने आडमा हामी वास्तविक रूपमा अनुचित प्रतिस्पर्धामा चलिरहेको प्रयासहरू देखिरहेका छौँ”, उहाँले भन्नुभयो ।

तर उच्च महत्त्वाकांक्षालाई बेवास्ता गर्दा मस्कोले अझै पनि मार्गमा लजिस्टिक समस्याहरूको शृङ्खलाको सामना गरिरहेको छ, जसबाट यसबाट गुज्रने माल रूसले अपेक्षा गरेको भन्दा धेरै कम हुँदै गएको छ । तीन करोड ७९ लाख टन अझै पनि क्रेमलिनको लक्ष्यभन्दा धेरै पछाडि छ ।

सन् २०१८ मा आर्कटिकका लागि महत्त्वाकांक्षी योजनाहरू खोल्दै पुटिनले सन् २०२४ सम्ममा उत्तरी समुद्री मार्गमार्फत वार्षिक आठ करोड टन पास हुने आशा गर्नुभएको थियो । रासस/एएफपी