१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भूकम्प प्रतिरोधी नमुना घर निर्माण भएपछि खुशी छन् हाँसीराम – फोटो फिचर

भूकम्प प्रतिरोधी नमुना घर निर्माण भएपछि खुशी छन् हाँसीराम – फोटो फिचर
अ अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. ४ सार्किबारा बस्ने हाँसीराम कामी अहिले ४३ बर्षका भए ।

उनको घरमा उनकी एक श्रीमति, दुई छोरी र एक छोरा गरि पाँच जनाको परिवार छ । जेठी छोरी शारदा वि.क. २१ बर्ष, छोरा शिव वि.क २० बर्ष र कान्छि छोरी मुस्कान वि.क. १६ बर्षका भए । हाल उनका २ छोरी शारदा र मुस्कान पढ्दै छन् भने छोरा पढाई छोडिसकेका छन् । उनी नौ कक्षा पढ्दै गर्दा पढाई छोडेर १ वर्ष अगाडि भारत गएका हुन् ।

हाँसीरामको घरायसी आर्थिक–सामाजिक अवस्था निकै कमजोर छ । जमिनको नाममा हाल उनको घर बनेको जमिनभन्दा अरु केहि पनि छैन । त्यति घर बनाउने जग्गा निकाल्न पनि निकै मुस्किल परेको थियो ।

परिवारको पालनपोषण, शिक्षादिक्षा, स्वास्थ्य उपचार आधारभूत कुराहरुको जोहो गर्न निकै कठिनाई भएको उनी बताउँछन् । परिवार पाल्नको लागि उनी गाउँको सामुदायिक वनमा वन पालेको काम गर्छन् । त्यस कामको पारिश्रमिक बापत उनले मकै र गहुँ पाउँछन् । प्रत्येक घरधुरीबाट सिजन अनुसार बार्षिक १ पाथि मकै र १ पाथि गहुँ पाउँछन् ।

यसको अलावा कहिलेकाहीँ भारतमा रोजगारी गर्न जाने र केहि कमाई भएपछि घर फर्केर आउने त्यसले छोराछोरीको पढाई लेखाई, लत्ता कपडा, र घर खर्च चलाउने गर्दै जेनतेन जीवन चलिरहेको बताउँछन् हाँसीराम ।

उनी अहिले भुकम्प प्रतिरोधी नमुना घर निर्माण भएपछि धेरै खुशी छन् । २०८० साल कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पले घर पूर्णरुपमा भत्केपछि उनी अस्थाई टहरामा बस्दै आएका थिए । एक त आर्थिाक अवस्था कमजोर, आयश्रोत केहि नभएको त्यसमाथि भूकम्पले घर ध्वस्त भएपछि जीवनको बाटो नै हराएपछि हाँसीरामको जीवन अन्योलमा बितिरहेको थियो ।

घर कसरी बनाउने भन्ने चिन्ताले सताई रहेको बेला यस्तो अवस्थामा आई एन एफ नेपालले जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ४ मा २०८१ साल भाद्र महिनादेखि भूकम्प पूनर्लाभ परियोजना लागु गरेपछि आफ्ना गतिविधिलाई अगाडि बढाउने क्रममा भुकम्प प्रतिरोधी नमुना घर निर्माणका लागि व्यक्ति छनौट गर्ने क्रममा ४ जनाको नाम वडा विपद् व्यवस्थापन समितिको बैठकले छनौट गरि आई एन एफ संस्थालाई सिफारिस गर्यो ।

सोहि आधारमा संस्थाबाट स्थलगत अध्ययन र आर्थिक सामाजिक अवस्था विश्लेषण गर्दा नमुना घर निर्माणको लागि हाँसीराम कामीलाई नमुना घर निर्माणको लागि छनौट गर्ने निर्णय भयो र अर्को बर्ष बाँकि अन्य सिफारिस भएका व्यक्तिहरुको घर निर्माणमा सहयोग गर्ने निर्णय बमोजिम हाँसीराम कामीको घर छनौट भई हाल निर्माण कार्य सम्पन्न भएको छ ।

यद्यपि, घर निर्माण कार्यमा शुरुवातदेखि अन्तिमसम्म थुप्रै समस्या र चुनौतीहरुको सामना गर्नु परेको थियो । भौगोलिक विकटता, घरसम्म मोटरबाटो नपुग्नु, खच्चडबाट सामान बोकाउनुपर्ने, समयमा निर्माण सामाग्री उपलब्ध नहुनु, काम गर्ने दक्ष मिस्त्री नपाउनु, गाउँका मानिसहरु र आफ्नै नजिकका आफन्तीहरु पनि ज्याला दिन्छु भन्दा पनि काम गर्न आउन नमान्नु, संस्थाको सिमित बजेट जस्ता कुराहरु समस्या थिए ।

यस वडामा करिब ४५० घरहरु रहेका छन् भने भूकम्पबाट भएको क्षतिको विस्तृत सर्वेक्षण कार्य हालै सम्पन्न गरिएको छ । अब प्राधिकरणले दिएको प्रतिवेदनको आधारमा पूर्ननिमार्णको कार्य नियमानुसार अघि बढाइने छ । वडा अध्यक्षको भनाई अनुसार यहाँको समुदाय भूकम्प पश्चात अझ बढी जोखिम बढेको देखिन्छ ।

परम्परागत खेतिपाति, भारत गएर अदक्ष ज्याला मजदुरीको काम गर्ने चलन रहको यस समुदायमा सुरक्षित खानेपानीको अभाव, स्वास्थ्य,सरसफाई तथा स्वच्छताको समस्या,यातायातको असुविधा, समुदायमा विकास र परिवर्तनका बारेमा सचेतनाको कमी, बढ्दो बाल विवाह, परम्परागत चाल चलनहरु प्रमुख समस्याका रुपमा रहेका छन् ।

भूकम्पले खानेपानीका मुहानहरु सुकेको, केहि संरचनाहरु भत्काएका छन् भने बढ्दो जलवायू परिवर्तनका कारण खाद्यबाली उत्पादनमा कमी हँुदै गरेको, सुख्खा खडेरी, हावाहुरी जस्ता समस्याहरु बढ्दै गएको छ भने सो समस्याहरुको सम्बोधनका लागि स्थानिय सरकार र विभिन्न विकास साझेदार निकायहरु बिच निरन्तर समन्वय र सहकार्य भईरहेको छ ।

यस वडामा गत असोज महिनादेखि आई एन एफ नेपालले आफ्ना गतिविधिहरु शुरु गरेको हो । आई एन एफ नेपलको सहयोगमा नै यस वडामा आगामी वर्ष थप ३ वटा घर निमार्ण कार्य हुँदैछन् भने यो वर्ष ३ वटा खानेपानी मर्मत आयोजना लगायत विपद् जोखिम व्यवस्थापनको लागि वडा तथा समुदायको क्षमता विकास गरि पूर्नलाभ तथा पूर्वतयारीका कार्यक्रमहरु संचालन भईरहेका छन् ।

स्थानिय स्तरमा विपद्को समयमा खोज तथा उद्धार कार्य गर्न आवश्यक पर्ने सीप तथा सामाग्रीहरुको माग गर्दै वन डढेलो नियन्त्रण, गाउँ घर सरसफाई अभियान, खानेपानि उपभोक्ता समितिहरु गठन तथा मर्मत सम्भारकोष र औजारहरु सहयोग, विभिन्न स्वयंसेवकहरुलाई ज्ञान तथा सीपहरु प्रदान, स्वच्छता प्रबद्र्धन तथा आयआर्जनसँग सम्बन्धित विभिन्न गतिविधिहरु आई एन एफ नेपालले यस वडासँग समन्वय गरि संचालन गरिरहेको छ । जसबाट सबै भूकम्प प्रभावित समुदायहरुलको पुर्नलाभका लागि केहि सहयोग पुग्ने आई एन एफ नेपालको विश्वास छ ।

नलगाड नगरपालिकाका वडा प्राविधिक सुरेन्द्र रावलका अनुसार आई एन एफ नेपालले वडामा एउटा भूकम्प प्रतिरोधि नमुना घर निमार्ण कार्य सम्पन्न गरको छ । आगामी दिनमा अन्य घरहरु पनि यसै अनुसार बनाउनका लागि सबै घरमूलीहरुलाई जानकारी दिने उद्धेश्यले यो घर निमार्ण गरिएको हो ।

घर निमार्ण गर्नु भन्दा पहिला आई एन एफबाट ७ दिने आधारभूत मिस्त्री तालिमको आयोजना गरिएको थियो सो तालिमका सहभागिहरु सहित अन्य दक्ष मिस्त्री परिचालन गरि नेपाल सरकारको भवन निमार्ण आचार संहिता बमोजिम यो भवन निमार्ण गरिएको हो ।

यस किसिमका घरहरु निमार्ण गर्न थोरै समय लाग्ने र धेरै आथिर्क भार पनि नपर्ने देखिन्छ । स्थानीय सामाग्रीहरु घरमूलीले जुटाउन सके अझ लागत कम पर्न जान्छ । करिब रु ७ देखि ८ लाख ( मोटरबाटोको सुविधा पुगेको र नपुगेको स्थान अनुसार लागत मूल्य कम र बढी हुने सामाग्री ढुवानीका लागि ) सम्मको लागतमा ईन्टरलक ब्लकको प्रयोग गरि निमार्ण गर्न सकिन्छ ।

अन्य सुविधाहरु घरमूलीेले व्यवस्थापन गर्दा लागतमा केहि हुन सक्छ । यो घरसँगै आई एन एफ नेपालले शौचालय तथा हातधुने बेसिन तथा भाडा माफ्ने स्थान पनि थप गरेको छ । जसबाट अन्य घरहरुमा पनि सफा शौचालयको प्रयोग र सरसफाईका अभ्यास सुधारका लागि सहयोग पुग्ने छ ।

सो नमुना घर निमार्णको क्रममा नलगाड नगरपालिका मेयर, उप मयेर, प्रमुख प्रशासकिय अधिकृत, प्राविधिक शाखा प्रमुख लगायतसो नमुना घरको अनुगमन गरि आवश्यक सल्लाह सुझावहरु प्रदान गरेका थिए भने निमार्ण सम्पन्न पश्चात प्राविधिक शाखा प्रमुख ई.उमेश खड्का सहितको टोलिले अनुगमन गरि नेपाल सरकारको मापदण्ड अनुसार कार्य सम्पन्नताको जानकारी गराएका छन् ।

आई एन एफ नेपालको रु. ६,२६,३५४÷– र हाँसीराम कामीको लगानी रु. २,५६,०००÷– गरि कुल जम्मा रु. ८,८२, ३५४ रुपैयाँमा लागत खर्चमा २ कोठे भुकम्प प्रतिरोधी नमुना घर र सुलभ शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

घर निर्माण कार्य सम्पन्न भएपछि हाँसीराम भन्छन् – ‘अब मेरो जीवनमा घर बनाउने काम पुरा भएको छ । म धेरै खुशी छु । घर निर्माण कार्यमा सहयोग पुर्याउने संस्था आई एन एफ नेपाल, त्यसमा काम गर्ने कर्मचारी, मलाई घर निर्माणमा सिफारिस गर्ने वडाका जनप्रतिनिधीहरु, घर निर्माणमा सहयोग गर्नुहुने प्राविधिक, मिस्त्री, लेबर लगायत सवैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । मेरो नाम पनि हाँसीराम हो बाँकि जीवन हाँसेर बिताउने हो । ऋण त लागेको छ तर चिन्ता छैन ।’

चौधरी आई एन एफ. जाजरकोटका टिम लिडर हुनुहुन्छ ।