२ आश्विन २०८३, शुक्रबार
,
Latest
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल आज गणेशमान सिंहको २९औँ स्मृति दिवस विदेशी महिला नेपाल ल्याउँदै ‘यौनधन्दा’मा धकेल्दै डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल लङ आइल्याण्ड नेप्लिज सोसाइटीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ हजार ६७८ डलर सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार थपिए कोरोनाका तीन सय ८० जना संक्रमित



अ+ अ-

काठमाडौं । आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  
आइतबार प्रदेश नम्बर १ मा ५ सय ११, प्रदेश नम्बर २ मा ३ हजार ७५, बागमती प्रदेशमा ११ सय ३१ र गण्डकी प्रदेशमा २ सय ३७ जना संक्रमित उपचाररत रहेका छन । 

यस्तै प्रदेश नम्बर ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ गरी देशभरी ६ हजार ५ सय ४४ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन ।

अहिले देशभरीका क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । आइतबार पीसीआर विधिबाट ८ हजार ५ सय १५ गरी ४ लाख ४३ हजार ८ सय ४ जनाको कोरोना परीक्षण भएको छ । आइतबार ४० जना गरी देशभरी १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।