७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कोलकाताले राजस्थानलाई आठ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)ले अलराउन्ड प्रदर्शनले राजस्थान रोयल्स (आरआर)लाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

गुवाहाटीको बार्सपारा क्रिकेट रंगशालामा बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफमा कोलकाता नाइट राइडर्सले १७.३ ओभरमा दुई विकेट गुमाएर १५३ रन बनाएर खेल जित्यो ।

१५२ रनको लक्ष्य पछ्याएको केकेआरलाई मोइन अली र क्विन्टन डी ककले उत्कृष्ट सुरुवात गरेका थिए । यी दुईबीच पहिलो विकेटका लागि ४१ रनको साझेदारी भएको थियो । अलीलाई महिश तिक्षाणाले रनआउट गराए । यसपछि डि ककले कप्तान अजिंक्य रहाणेको साथ पाए । दुवैले २४ बलमा २९ रन जोडे ।

११ औं ओभरको पहिलो बलमा रहाणेलाई तुषार देशपाण्डेले वानिन्दु हसरङ्गाबाट क्याच आउट पारे । उनी १५ बलमा १८ रन बनाएर आउट भए । यसपछि विकेटकिपर ब्याट्सम्यान डी ककले प्रभावशाली खेलाडीका रुपमा आएका अङ्क्रिश रघुवंशीको साथ पाए ।

दुवैले ८३ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । यस खेलमा डी कक ९७ रनमा अविजित रहे भने रघुवंशी २२ रनमा अविजित रहे । राजस्थानका लागि हसरंगा बाहेक कुनै पनि बलरले सफलता पाउन सकेनन् ।

यो खेलमा राजस्थानले उत्कृष्ट सुरुवात गरेको थियो । यशस्वी जैसवाल र सञ्जु सामसनबीच पहिलो विकेटका लागि ३३ रनको साझेदारी भएको थियो । चौथो ओभरमा वैभव अरोराले विकेटकिपर ब्याट्सम्यान सामसनलाई बोल्ड गरे । उनी ११ बलमा १३ रन बनाएर आउट भए ।

त्यसपछि रियान पराग र जैसवालले जिम्मेवारी सम्हालेका थिए । दुवैले दोस्रो विकेटका लागि ३४ रन जोडे । कप्तान परागले २५ रन बनाउन सके । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रनको इनिङ खेले । उनका अलावा नितिश राणाले आठ, वानिन्दु हसरंगाले चार, शुभम दुबेले नौ र जोफ्रा आर्चरले १६ रन बनाए ।

महिष तिक्षाणा र तुषार देशपाण्डेले क्रमशः १ र २ रन बनाएर अविजित रहे । केकेआरका लागि वैभव अरोरा, हर्षित राणा, मोइन अली र वरुण चक्रवर्तीले २–२ विकेट लिए । योसँगै स्पेन्सर जोन्सनले जोफ्रा आर्चरको रूपमा अन्तिम ओभरमा सफलता पाए ।

यो जितसँगै कोलकाता तालिकाको छैटौं स्थानमा उक्लिएको छ । अर्कोतर्फ राजस्थान लगातार दुई खेलमा पराजित हुँदै पुछारमा पुगेको छ । सनराइजर्स हैदरावाद २ अंक र २.२०० को नेट रनरेटका साथ शीर्ष स्थानमा छ ।

आजको खेलः सनराइजर्स हैदराबाद भर्सेस लखनउ सुपर जायन्ट्स – ७ः४५ बजे