७ भाद्र २०८३, आईतवार
,
Latest
बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार



फाईल फोटो
अ+ अ-

बनियानी। नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी बलियो बनाउने अभियान सबै नेता–कार्यकर्ताले आफैँबाट सुरुआत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले आज बिर्तामोडमा आयोजना प्रशिक्षक÷प्रशिक्षण कार्यक्रममा नेता गच्छदारले अरूलाई दोष दिनुभन्दा पनि आफैँबाट पार्टी सुदृढ बनाउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुट–उपगुट समाप्त पारेर एकजुट होऔँं, एकतामा नै शक्ति छ, यो गाह्रो छ तर असम्भव छैन ।” केन्द्रदेखि टोलसम्मकै नेता–कार्यकर्ताले पार्टी अनुशासन र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिँदै नेता गच्छदारले कांग्रेस पार्टीको विधान ‘पे्रसिडेन्टियल सिष्टम’ मा रहेको बताउनुभयो ।

“सिकाइको क्रम निरन्तर चलिरहन्छ, कोही पनि कुनै पनि विषयमा दक्ष हुँदैन”, उहाँले भन्नुभयो, “प्रशिक्षणमा सिकेको सीप, पार्टीको इतिहास, वर्तमान र सैद्धान्तिक विषयवस्तुलाई वडा–टोलसम्म पुर्‍याउनपर्छ ।”

कार्यक्रमका संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले कार्यकर्ता प्रशिक्षित नहुँदा विपक्षीले गरेको आलोचनालाई पत्याइदिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

पार्टीकी केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्नेमा जोड दिनुहुँदै पार्टीले गरेका कामको व्यापक प्रचार गर्न आग्रह गर्नुभयो । केन्द्रीय सदस्य सुशीला ढकाल आचार्यले कांग्रेसले हिजो के गर्‍यो ? आज के गर्दैछ र भोलि के गर्छ ? भन्ने कुरा सबै जनतामाझ पुर्‍याउन प्रशिक्षणलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सञ्जालदेखि चिया पसलसम्म हुने पार्टीप्रतिको आलोचना चिर्न प्रत्येक नेता–कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभागका संयोजक रमेशजङ्ग रायमाझीले १४ वटै जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै प्रशिक्षक उत्पादन गरेर वडातहसम्म प्रशिक्षण पुर्‍याउने लक्ष रहेको बताउनुभयो । रासस