१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday
Latest
लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन प्रदेशस्तरीय महिला इक्युवालिटी टी—२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि व्यवस्थाको रक्षाका लागि देखिएका कमजोरी सुधार गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल रवीन्द्र र धवलशम्शेरलाई रिहा गर्न माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा, को–को छन् उपस्थित ? (तस्बिरहरु) एनएसएलः बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरी लोकतन्त्रप्रति माओवादी केन्द्रको प्रतिवद्धतामाथि गम्भीर प्रश्न खडा भयोः महेश बर्तौला रास्वपाको प्रश्नः राजनीतिक दललाई नबोलाइएको बैठकलाई कसरी सर्वदलीय बैठक भन्ने ? प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार



फाईल फोटो
अ+ अ-

बनियानी। नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी बलियो बनाउने अभियान सबै नेता–कार्यकर्ताले आफैँबाट सुरुआत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले आज बिर्तामोडमा आयोजना प्रशिक्षक÷प्रशिक्षण कार्यक्रममा नेता गच्छदारले अरूलाई दोष दिनुभन्दा पनि आफैँबाट पार्टी सुदृढ बनाउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुट–उपगुट समाप्त पारेर एकजुट होऔँं, एकतामा नै शक्ति छ, यो गाह्रो छ तर असम्भव छैन ।” केन्द्रदेखि टोलसम्मकै नेता–कार्यकर्ताले पार्टी अनुशासन र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिँदै नेता गच्छदारले कांग्रेस पार्टीको विधान ‘पे्रसिडेन्टियल सिष्टम’ मा रहेको बताउनुभयो ।

“सिकाइको क्रम निरन्तर चलिरहन्छ, कोही पनि कुनै पनि विषयमा दक्ष हुँदैन”, उहाँले भन्नुभयो, “प्रशिक्षणमा सिकेको सीप, पार्टीको इतिहास, वर्तमान र सैद्धान्तिक विषयवस्तुलाई वडा–टोलसम्म पुर्‍याउनपर्छ ।”

कार्यक्रमका संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले कार्यकर्ता प्रशिक्षित नहुँदा विपक्षीले गरेको आलोचनालाई पत्याइदिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

पार्टीकी केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्नेमा जोड दिनुहुँदै पार्टीले गरेका कामको व्यापक प्रचार गर्न आग्रह गर्नुभयो । केन्द्रीय सदस्य सुशीला ढकाल आचार्यले कांग्रेसले हिजो के गर्‍यो ? आज के गर्दैछ र भोलि के गर्छ ? भन्ने कुरा सबै जनतामाझ पुर्‍याउन प्रशिक्षणलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सञ्जालदेखि चिया पसलसम्म हुने पार्टीप्रतिको आलोचना चिर्न प्रत्येक नेता–कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभागका संयोजक रमेशजङ्ग रायमाझीले १४ वटै जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै प्रशिक्षक उत्पादन गरेर वडातहसम्म प्रशिक्षण पुर्‍याउने लक्ष रहेको बताउनुभयो । रासस