५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ-राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मुलुकमा राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाका पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उहाँले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि गणतन्त्रको पक्षमा रहेका सबै दलसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मोर्चा फाँट प्रमुखसमेत रहनुभएका उपाध्यक्ष पाण्डेले देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएकाले प्रतिगामी हर्कतलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो ।

पार्टीका अर्का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन आग्रह गर्नुभयो ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले राष्ट्रिय स्वाधीनता, गणतन्त्र, जनजिविका, शुसासनको पक्षमा सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सङ्गठनले यही चैत मसान्तसम्म सबै प्रदेशको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ । रासस