१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday
Latest
लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन प्रदेशस्तरीय महिला इक्युवालिटी टी—२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि व्यवस्थाको रक्षाका लागि देखिएका कमजोरी सुधार गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल रवीन्द्र र धवलशम्शेरलाई रिहा गर्न माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा, को–को छन् उपस्थित ? (तस्बिरहरु) एनएसएलः बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरी लोकतन्त्रप्रति माओवादी केन्द्रको प्रतिवद्धतामाथि गम्भीर प्रश्न खडा भयोः महेश बर्तौला रास्वपाको प्रश्नः राजनीतिक दललाई नबोलाइएको बैठकलाई कसरी सर्वदलीय बैठक भन्ने ? प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त



अ+ अ-

काठमाडौँ। जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।

बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले सो अवसरमा आज जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रङ्घका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सचिवालयका कार्यकारी प्रमुख साइमन स्टिल, साथै, चिली र संयुक्त अधिराज्यका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्नुभएको थियोे ।

भेट्मा उहाँले नेपालका जलवायु परिवर्तनसम्बन्धी प्राथमिकताबारे छलफल गर्नुका साथै सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गर्नुभएको मन्त्री शाहीको सचिवालयले जनाएको छ ।

पिटर्सवर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विगत १४ वर्षदेखि जर्मनी सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।

जलवायु वार्तामा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी हुनुभएको हो । रासस