२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

मुख्यमन्त्री सिंहद्वारा होटल अनुगमन

मुख्यमन्त्री सिंहद्वारा होटल अनुगमन
अ अ+ अ-

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज जनकपुरधामका नौवटा होटलमा अनुगमन गर्नुभएको छ । आइतबार १० वटा होटल अनुगमन गर्नुभएका उहाँले जनकपुरधामका विभिन्न होटलको खाद्य सुरक्षा तथा स्वच्छतास्थिति अनुगमन गर्नुभएको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्यप्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय जननकपुरधाम, साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका अधिकारी र उद्योग वाणिज्य सङ्घ जनकपुरधामका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीसँगै उहाँले होटल अनुगमन गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहले प्रादेशिक राजधानी जनकपुरधाम देशविदेशका पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यस्थल रहेको र पर्यटकीय दृष्टिले छुट्याउनै नहुने यस गन्तव्यमा रहेका केही होटलमा स्वस्थकर र स्वच्छ खानाखाजा उपलब्ध नहुने गरेको गुनासो आएपछि आफूले अनुगमन थालेको बताउनुभयो ।

सबै होटलले स्वच्छताको मापदण्ड पछ्याउन खोजे पनि त्यो उचित तथा पर्याप्त नभएको भन्दै उहाँले बहुसङ्ख्यक होटलमा ग्राहक बस्ने ठाउँ सफा भए पनि भान्साघरमा सरसफाइ तथा त्यहाँ उपयोग हुने सामग्रीको भण्डारण व्यवस्थित नभएको उल्लेख गर्नुभयो ।

होटलका लागि स्वस्थ्यकर सामग्री र स्वच्छता अनिवार्य सर्त भएको भन्दै मुख्यमन्त्री सिंहले मापदण्डअनुसार होटल सञ्चालन नभए कानुनअनुसार कारबाही हुने पनि प्रस्ट्याउनुभयोे । “सरकार सुधारात्मक आग्रहले अघि बढेको छ । यसको अर्थ अनुगमनका क्रममा हामीले दिएको सल्लाह वा निर्देशनको पालना होटल सञ्चालकले गर्नुपर्छ । अटेर भएमा होटल बन्द गर्नेसम्मको कारबाही हुनेछ,” मुख्यमन्त्री सिंहले अनुगमनस्थलमा पुगेका सञ्चारकर्मीसँग भन्नुभयो । उहाँले होटलमा बिक्रीवितरण हुने सामग्रीको मूल्य व्यवस्थापन गर्न जिम्मेवार निकायसँग प्रदेश सरकारले समन्वय गर्ने समेत बताउनुभयो ।

अनुगमनमा संलग्न जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले होटलमा देखिएका त्रुटि सुधार गर्न आफूहरूले व्यवसायीलाई आह्वान गर्ने बताउनुभयो । सोमबारको अनुगमनमा नौ होटलमध्ये एकमात्र होटलको अवस्था सन्तोषजनक पाइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले बताउनुभयो ।

अनुगमनक्रममा अत्यधिक सेवाग्राहीको भिड हुने गरेको शिवचौकस्थित न्यू राधा होटल र छपरिया नास्ता पसलमा सरसफाइको अवस्था कमजोर देखिएको र त्यहाँ खाना नहुने २० लिटर तेल, प्याज, समोसा र लिटी नष्ट गरिएको छ । दुवै होटललाई अन्तिम पटकका लागि भान्साघरको सरसफाइ मापदण्डअनुसार व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

जनकचोकको होटल फिल इट र मिथिला यात्री निवासमा शाकाहारी र मांसाहारी सामग्री छुट्टाछुट्टै राख्न र भान्साकोठाको सरसफाइ व्यवस्थापन गर्न निर्देशन दिइनुका साथै त्यहाँ रहेका अखाद्य वस्तु ब्रेड, ब्रेडरोटी र मासु नष्ट गरिएको छ ।

यसैगरी लक्ष्मी मिष्टान भण्डारमा म्याद गुज्रेका च्याउमिन पाँच थान, खान नहुने बिग्रेको बर्फी २० पिस नष्ट गरिएका छन् । सो मिष्ठान भण्डारलाई भान्साघर सरसफाइ व्यवस्थापनमा गम्भीर नभए होटल नै बन्द गराउनुपर्ने अवस्थाका बारेमा जानकारी गराइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले जानकारी दिनुभयो ।रासस