२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल



file
अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको स्वयंसेवक भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले नयाँ सिराबाट मुलुक अगाडि बढाए मात्र विकास हुने बताउनुभयो ।   महासचिव पोखरेलले एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको भन्दै मुलुकमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पराजित गर्न आवश्यक रहेको बताउनुभयो ।

कतिपयले पञ्चायत शासन कालमा पनि मुलुकमा राम्रो काम भएको भ्रम फिजाउने प्रयास गरिरहेका भन्दै महासचिव पोखरेलले यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न आग्रह गर्नुभयो ।

उहाँले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको भनाइ राख्नुभयो । एमालेले अलोकतान्त्रिक गतिविधि बढेको भन्दै उहाँले गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नका लागि जनचेतना अभियान घोषणा गरेको छ ।

सो घोषणाअनुसार काठमाडौँसहित मुलुकका प्रमुख सहरमा यही चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । सोही र्‍यालीलाई सफल बनाउनका लागि भेलाको आयोजना गरिएको थियो । भेलामा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकमा अराजकता बढेकाले युवा वर्ग सचेत हुनुपर्ने बताउनुभयो । रासस




भर्खरै