६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ- भानुभक्त जोशी



अ+ अ-

कैलाली। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले राजनीतिक दलहरूले जनतालाई नारा नभइ कार्यक्रम दिनुपर्ने धारणा राख्नुभएको भएको छ ।

पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको सन्दर्भमा प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “युवा दिनानुदिन विदेसिएका छन् । देशमै रोजगारी कसरी उपलब्ध गराउन सकिन्छ, युवा पलायनलाई कसरी रोक्न सकिन्छ भन्नेमा सबै राजनीतिक दलले ध्यान दिन आवश्यक छ ।”

पूर्वमन्त्रीसमेत रहनुभएका जोशीले भन्नुभयो, “विकास निर्माण, बाटोघाटो, सडक, खानेपानी, पुलपुलेसा, सञ्चारलगायत विषयमा प्रगति भएको छ तर पनि जनतामा बेरोजगारी, सुशासनलगायत विषय निराशाजनक छ । सबै दल मिलेर यसको समाधानतर्फ लाग्नुपर्छ ।”

सत्ता र प्रतिपक्षको बीचमा समन्वय गरेर युवामा आएको निराशा चिर्न देशव्यापी रूपमा लाग्नुपर्ने बेला आएको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते धनगढीमा हुने जानकारी दिनुभयो । रासस