२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित

चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित
अ अ+ अ-

काठमाडौँ, १३ चैतः खानेपानीमन्त्री प्रदीप यादवले चितवनमा निर्मित भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्ती नगरपालिकाका १६ हजार २४४ जना प्रत्यक्ष लाभान्वित हुने बताउनुभएको छ ।

आज यहाँ खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले विगतमा स्वच्छ खानेपानी अभाव हुँदा यहाँका नागरिकले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि खानेपानीको समस्या समाधान भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो आयोजना आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयले सञ्चालनमा ल्याएको हो । यसले राप्ती–४, ५, र ६ वडालाई सेवा प्रदान गर्नेछ । यस योजनाबाट तीन हजार २०० धुरीका १६ हजार २४४ जनालाई प्रत्यक्ष लाभ पुग्नेछ ।”

मन्त्री यादवले भन्नुभयो, “यसअघि स्वच्छ पानीको अभावका कारण यहाँका बासिन्दाको दैनिकी कष्टकर थियो । आजको दिनले राप्ती क्षेत्रका नागरिकको नयाँ युगको सुरूवात गरेको छ ।” सङ्घीय सरकार, उपभोक्ता समिति, स्थानीय समुदायको साझा प्रतिबद्धता सहकार्य र परिश्रमले आज यो महत्त्वपूर्ण योजना सफल भएको उहाँको भनाइ छ ।

मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती–४, ५, र ६ का बासिन्दालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ । विगतमा स्थानीयले इनार र ट्युबेलको पानी उपभोग गर्न बाध्य रहेका जनाउँदै उहाँले उक्त पानी परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था अब अन्त्य भएको बताउनुभयो । यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यहाँ २४ सै घण्टा स्वच्छ, शुद्ध र सुरक्षित खानेपानी उपलब्ध हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “भण्डारा माध्यमिक विद्यालय तथा राप्ती नगरपालिकाले उपलब्ध गराएको जग्गामा आवश्यक पूर्वाधार निर्माण गरिएको छ । यस क्षेत्रका जनताले अबदेखि २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् ।” नेपालको संविधानले सुरक्षित र स्वच्छ खानेपानीलाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेको उल्लेख गर्दै उहाँले सरकार, खानेपानी मन्त्रालय, तथा सरोकार भएका निकाय प्रत्येक नागरिकलाई गुणस्तरीय खानेपानी सेवा प्रवाह गर्न प्रयत्नशील रहेको जानकारी गराउनुभयो ।

सरकारको दीर्घकालीन लक्ष्य ‘सबैका लागि स्वच्छ खानेपानी’ भन्ने प्रतिबद्धतासँग खानेपानी मन्त्रालय विकास साझेदार, दातृ निकाय तथा स्थानीय तहसँग समन्वय गरी गर्दै अघि बढिरहेको मन्त्री यादवले जानकारी दिनुभयो । सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यलाई थप सशक्त बनाउने पहल भइरहेको उल्लेख गर्दै उहाँले यस्ता आयोजना प्रभावकारी कार्यान्वयन गर्न नवीन तथा प्रविधिमैत्री उपाय अवलम्बन गरिने बताउनुभयो ।

उक्त आयोजना रू नौ करोड ९१ लाख २५ हजार ५९ मा सम्झौता गरिएकामा रू नौ करोड ८६ लाख ७८ हजार दुई सय ८८ खर्च भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुरले जनाएको छ ।

आजको कार्यक्रममा सङ्घीय सांसद हरि ढकाल, प्रदेश सांसद एवं पूर्वमन्त्री जेएन थपलिया, पूर्वमन्त्री दावा लामा, राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, नगरउपप्रमुख देवेन्द्र लामा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठलगायत कर्मचारी र स्थानीयको उपस्थिति थियो । रासस