१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः प्रचण्ड

सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः प्रचण्ड
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि पुनः जालझेल भएको बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरु टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताउनु भयो । आफू सिंहदरबारबाट निस्किएलगत्तै मन्त्रीपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आएर रोष्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, जालझेलको भयो भने आन्दोलन अघि बढ्छ । यो पटक पनि बढा चिन्तित र दुःखित छु । टिआरसीको लागि भनेर प्रधानमन्त्रीले खबर गर्नुभयो । कुलमानजीको विषयमा अब महिनापछि समय सकिँदैछ, कुलमानजीकै पक्षमा जनमत छ, अपमानित गर्नु हुँदैन, पुरस्कृत गर्नुपर्ने मान्छेलाई । टिआरसीको विषयमा मात्रै कुराकानी भयो । त्यसमा समभmदारी बनेपछि म उठेर हिँडे । त्यो बाहेक केही एक शब्द उच्चारण गरेको होइन । तर म निक्लिने बित्तिकै मन्त्रीपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एक पटक निकै ठूलो जालझेल भएको महशुस मलाई भयो । एक दुई दिन पर्खिएको भए पनि हुन्थ्यो । म सिंहदरबार गएर टिआरसी टुंग्याएको लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । त्यही दिन नै राप्रपाको ज्ञानेन्द्र शाही लगायतले भने प्रचण्डले टिआरसीसँग कुलमान साट्यो । यो भन्दा झुटो, बेइमानीपूर्ण प्रचार केही हुनसक्छ । सत्यको पक्षमा बोलि दिनुहोला ।’

अध्यक्ष दाहालले उक्त कुराले आफूलाई पुनः स्वर्ग र नर्क सम्झाएको बताउनु भयो ।