१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति

रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति
अ अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताका क्रममा रुस र युक्रेनले ‘व्ल्याक सी’ र ऊर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न मङ्गलबार सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दशौँ हजार मानिसको ज्यान लिइसकेको युद्धको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले साउदी अरबको राजधानी रियादमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच तीन दिनसम्म छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ९ह्वाइट हाउस० ले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुबै देश ‘सुरक्षित नेभिगेसन सुनिश्चित गर्न, बल प्रयोग अन्त्य गर्न र ‘व्ल्याक सी’मा सैन्य उद्देश्यका लागि व्यापारिक जहाजको प्रयोग रोक्न सहमत भएका छन्।

दुबै देशमा ऊर्जा पूर्वाधारमा आक्रमणमा प्रतिबन्ध लगाउने उपायहरू पनि खोजी गर्ने सहमति भएको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

यसैबीच, क्रेमलिनले रूसको कृषि क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेपछि मात्र ‘ब्ल्याक सी’ मा आक्रमण रोक्ने सम्झौता लागू हुने बताएको छ ।

रुस र संयुक्त राज्य अमेरिकाले गत हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको ३० दिने ग्यास ९इन्धन०को पाइपलाइन, विद्युत गृह र तेल प्रशोधन केन्द्रमा लागू हुने ऊर्जा युद्धविराममा सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चर्को दबाबपछि कूटनीतितर्फ फर्केका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहायता र गुप्तचर आदानप्रदानमा केही समयका लागि प्रतिबन्ध लगाउनेलगायत सम्झौताले काम गर्छ कि गर्दैन भनेर अहिले नै भन्न नसकिने तर ती ‘सही कदम’ भएको बताउनुभएको छ ।

जेलेन्स्कीले किएभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “वार्तामा भविष्यमा युद्धविरामका लागि तेस्रो पक्षलाई ल्याउने विषयमा पनि छलफल भएको छ ।

दुवै पक्षसँग सम्बन्ध कायम गरेको टर्कीले ‘ब्ल्याक सी’को अवस्थाको अनुगमन गर्न सक्ने र मध्यपूर्वी राष्ट्रले ऊर्जा सम्झौताको पर्यवेक्षण गर्न सक्ने उहाँले बताउनुभयो ।

कृषि क्षेत्रबारे प्रस्ताव

सन् २०२२ मा युक्रेनमाथि आक्रमणको आदेश दिएदेखि नै पश्चिमा राष्ट्रहरूले पुटिनलाई बहिष्कृत गरेकोमा यसको अन्त्य गर्दै ट्रम्पले पदभार ग्रहण गरेपछि पुटिनसँग सीधै वार्ता गर्नुभएको थियो ।

यस सहकार्यको बदलामा संयुक्त राज्य अमेरिकाले रुसप्रति चालेको पहिलो ठोस कदममा ह्वाइट हाउसले ‘रुसी कृषि र मल निर्यातका लागि ‘विश्व बजारमा पहुँच पुनस्र्थापना गर्न मद्दत गर्ने’ बताएको छ।

संयुक्त राज्य अमेरिकाले रूसी कृषिमा प्रत्यक्ष रूपमा प्रतिबन्ध लगाएको थिएन तर अन्तर्राष्ट्रिय लेनदेनको लागि प्रयोग गरिने भुक्तानी प्रणालीमा पहुँचलाई सीमित गरेको थियो।

यो मुद्दा रुसका लागि एउटा प्रमुख चर्चाको विषय बन्यो। रुसले विश्वका विकासशील मुलुकहरूलाई अमेरिकी नीतिहरूले उच्च मूल्यमा योगदान पुर्याइरहेको बताएको थियो।

मस्कोले रुसी कृषि बैङ्क र खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारमा संलग्न अन्य वित्तीय संस्थाहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएपछि र सरल अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा पुनः जोडिएपछि मात्र यो सम्झौता लागू हुने बताएको छ ।

जेलेन्स्कीले अमेरिकी निर्णयबारे आफूलाई पूर्ण जानकारी नभएको बताउँदै चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यो स्थिति कमजोर हुनु र प्रतिबन्धहरू कमजोर हुनु हा भन्ने हामी विश्वास गर्छौं ।”

वार्तामा सहभागी युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले काला सागर सम्झौताका बारेमा विस्तृत अध्ययन भइरहेको बताउनुभएको छ ।

उहाँले यदि रुसी युद्धपोतहरू ब्ल्याक सीको पूर्वी भागबाट हटेमा युक्रेनलाई आत्मरक्षाको अधिकार प्रयोग गर्ने पूर्ण अधिकार हुने बताउनुभयो ।

युक्रेनले यसै महिनाको सुरुमा अमेरिकाले प्रस्ताव गरेको बिनाशर्त युद्धविरामका लागि सहमति जनाएको थियो, तर रुसले यसलाई अस्वीकार गरेको थियो।

‘नेपोलियन र हिटलर’

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले मस्को व्यापक युद्धविरामका लागि सहमत हुन नजिक पुगेको र काला सागरमा पानीजहाज लाई प्राथमिकता दिएको कुनै सङ्केत दिएनन् ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको यसअघिको सम्झौताले युक्रेनको बन्दरगाहबाट लाखौं टन खाद्यान्न र अन्य खाद्यान्न निर्यात सुरक्षित रूपमा पठाउन अनुमति दिएको थियो, तर रुसले यो आफ्नो व्यापारका लागि फाइदाजनक नभएको गुनासो गरेको थियो।

अमेरिकाले कृषि निर्यातको घोषणा गर्नुअघि लाभरोभले पश्चिमा देशहरूले ’नेपोलियन र हिटलर’ले जस्तै रुसलाई ‘नियन्त्रण’ गर्न खोजेको आरोप लगाएका थिए।

जेलेन्स्कीले कुन कुन देशले आफ्नो देशमा शान्ति सैनिक पठाएर सम्भावित युद्धविराम सम्झौताको निरीक्षणका लागि सेना परिचालन गर्न सक्छन् भन्ने पेरिसमा हुन लागेको शिखर सम्मेलनबाट आफूले स्पष्ट हुने अपेक्षा गरेको बताउनुभएको छ ।

साउदी अरबमा वार्ता भइरहेको समय रुस र युक्रेन दुवैले जमिनमा आक्रमण बढाइरहेको दाबी गरेका छन् । युक्रेनले आफ्नोे हवाई प्रतिरक्षा एकाइले मङ्गलबार रुसले प्रक्षेपण गरेका १३९ मध्ये ७८ वटा ड्रोन खसालेको बताएको छ ।

युक्रेनको उत्तरपूर्वी सहर सुमीमा एक दिनअघि एक आवासीय क्षेत्रमा रुसी आक्रमणमा परी २३ बालबालिकासहित मृत्यु हुनेको सङ्ख्या १०१ पुगेको र एक वयस्क र एक बालकको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

रुसले महिनौँदेखि युद्धमोर्चाका केही क्षेत्रमा प्रगति गरेको छ र मङ्गलबार दक्षिणी र पूर्वी युक्रेनका थप दुई गाउँकब्जा गरेको दाबी गरेको छ ।