१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता गौतम बैंकिङ कसुरमा पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमलाई पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए ।

विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेमा पनि तीन वटा चेक बाउन्स गरी उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ । उनले गरेको खराब आर्थिक कारोबारका कारण बैंकिङ अभिलेखमा उनी कालोसूचीमा परेका छन् ।

बैंकमा खाता खोल्न नमिलेपछि गौतमले आइसीएफसी फाइनान्स, बनेपाको खाताबाट रकम कारोबार गर्दै आएको खुलेको छ ।

सोही खातामा जिल्ला समन्वय प्रमुखको हैसियतले पाउनुपर्ने तलब र सुविधा जम्मा हुने गरेको थियो । अहिले उक्त खाता पनि कालोसूचीमा परी खाता रोक्का भइसकेको प्रहरीले जनाएको छ ।