२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

आईपीएल आजः राजस्थान र कोलकाता भिड्दै

आईपीएल आजः राजस्थान र कोलकाता भिड्दै
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत छैटौं खेलमा आज राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल बेलुकी पौने आठ बजेदेखि राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा हुनेछ ।

यो सिजनमा दुवै टोलीको दोस्रो खेल रहेको छ । कोलकाताले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग र राजस्थानले सनराइजर्स हैदरावादसँग हार बेहोरेको थियो ।

हेड टु हेडः
आईपीएलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच हालसम्म ३० खेल खेलिएका छन् । दुबै टोलिले १४–१४ खेल जितेका छन् ।

एक खेल अनिर्णित रह्यो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । दुवै टोली दोस्रो पटक गुवाहाटीमा आमनेसामने हुँदैछन् ।

राजस्थान रोयल्स
राजस्थानको टप अर्डरमा सञ्जु सामसन, यशस्वी जैसवाल, शिमरोन हेटमायर, रायन परागको अनुभव छ । गत खेलमा हैदरावादविरुद्ध सामसन र ध्रुव जुरेलले अर्धशतक बनाएका थिए ।

जुरेलले ७० रन र सामसनले ६६ रनको इनिङ खेलेका थिए । नितिश राणा र शुभम दुबेले ब्याटिङलाई अझ बलियो बनाएका छन् । बलिङमा तुषार देशपाण्डेले ३ र महिश तिक्षाणाले २ विकेट लिएका थिए ।

कोलकाता नाइट राइडर्स
कोलकातासँग ४ देखि ७ नम्बरसम्म विश्वस्तरीय फिनिशरहरू छन् । पछिल्लो खेलमा कप्तान अजिंक्य रहाणेले बैंगलोरविरुद्ध टोलीका लागि ५६ रनको इनिङ खेलेका थिए भने सुनिल नारायणले ४४ रन बनाएका थिए । वरुण चक्रवर्ती, सुनिल नारायण, हर्षित राणा र वैभव अरोराले बलिङलाई बलियो बनाइरहेका छन् ।

कस्तो छ पिच ?
गुवाहाटीको बार्सपारा क्रिकेट रंगशालाको पिच ब्याटिङमैत्री छ । यहाँ अहिलेसम्म उच्च स्कोरका खेलहरू देखिएका छन् । अहिलेसम्म यहाँ ४ वटा आईपीएल खेल भइसकेका छन् । तीमध्ये दुई खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ । एक खेल पछ्याउने टोलीले जित्दा एक खेल अनिर्णित रह्यो । यहाँ उच्चतम टोली स्कोर १९९–४ रहेको छ जुन राजस्थानले २०२३ सिजनमा दिल्ली क्यापिटल्स विरुद्ध बनाएको थियो ।

मौसम
खेलको दिन गुवाहाटीको मौसम धेरै तातो हुनेछ । दिनभर कडा घाम रहनेछ । पानी पर्ने सम्भावना कत्ति पनि छैन । यहाँको तापक्रम २२ देखि ३७ डिग्री सेल्सियससम्म रहन सक्छ ।

सम्भावित सुरुवाती–१२
राजस्थान रोयल्सः रियान पराग (कप्तान), सञ्जु सामसन, यशस्वी जैसवाल, शुभम दुबे, नितिश राणा, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, जोफ्रा आर्चर, महिश तिक्षाणा, तुषार देशपांडे, सन्दीप शर्मा र फजलहक फारुकी ।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान) वेंकटेश अय्यर, क्विन्टन डी कक (विकेटकीपर), अङ्क्रिश रघुवंशी, रिंकु सिंह, सुनील नारायण, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राणा, वरुण वक्रवर्ती, स्पेन्सर जोन्सन, वैभव अरोरा ।