१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः राजस्थान र कोलकाता भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत छैटौं खेलमा आज राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल बेलुकी पौने आठ बजेदेखि राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा हुनेछ ।

यो सिजनमा दुवै टोलीको दोस्रो खेल रहेको छ । कोलकाताले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग र राजस्थानले सनराइजर्स हैदरावादसँग हार बेहोरेको थियो ।

हेड टु हेडः
आईपीएलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच हालसम्म ३० खेल खेलिएका छन् । दुबै टोलिले १४–१४ खेल जितेका छन् ।

एक खेल अनिर्णित रह्यो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । दुवै टोली दोस्रो पटक गुवाहाटीमा आमनेसामने हुँदैछन् ।

राजस्थान रोयल्स
राजस्थानको टप अर्डरमा सञ्जु सामसन, यशस्वी जैसवाल, शिमरोन हेटमायर, रायन परागको अनुभव छ । गत खेलमा हैदरावादविरुद्ध सामसन र ध्रुव जुरेलले अर्धशतक बनाएका थिए ।

जुरेलले ७० रन र सामसनले ६६ रनको इनिङ खेलेका थिए । नितिश राणा र शुभम दुबेले ब्याटिङलाई अझ बलियो बनाएका छन् । बलिङमा तुषार देशपाण्डेले ३ र महिश तिक्षाणाले २ विकेट लिएका थिए ।

कोलकाता नाइट राइडर्स
कोलकातासँग ४ देखि ७ नम्बरसम्म विश्वस्तरीय फिनिशरहरू छन् । पछिल्लो खेलमा कप्तान अजिंक्य रहाणेले बैंगलोरविरुद्ध टोलीका लागि ५६ रनको इनिङ खेलेका थिए भने सुनिल नारायणले ४४ रन बनाएका थिए । वरुण चक्रवर्ती, सुनिल नारायण, हर्षित राणा र वैभव अरोराले बलिङलाई बलियो बनाइरहेका छन् ।

कस्तो छ पिच ?
गुवाहाटीको बार्सपारा क्रिकेट रंगशालाको पिच ब्याटिङमैत्री छ । यहाँ अहिलेसम्म उच्च स्कोरका खेलहरू देखिएका छन् । अहिलेसम्म यहाँ ४ वटा आईपीएल खेल भइसकेका छन् । तीमध्ये दुई खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ । एक खेल पछ्याउने टोलीले जित्दा एक खेल अनिर्णित रह्यो । यहाँ उच्चतम टोली स्कोर १९९–४ रहेको छ जुन राजस्थानले २०२३ सिजनमा दिल्ली क्यापिटल्स विरुद्ध बनाएको थियो ।

मौसम
खेलको दिन गुवाहाटीको मौसम धेरै तातो हुनेछ । दिनभर कडा घाम रहनेछ । पानी पर्ने सम्भावना कत्ति पनि छैन । यहाँको तापक्रम २२ देखि ३७ डिग्री सेल्सियससम्म रहन सक्छ ।

सम्भावित सुरुवाती–१२
राजस्थान रोयल्सः रियान पराग (कप्तान), सञ्जु सामसन, यशस्वी जैसवाल, शुभम दुबे, नितिश राणा, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, जोफ्रा आर्चर, महिश तिक्षाणा, तुषार देशपांडे, सन्दीप शर्मा र फजलहक फारुकी ।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान) वेंकटेश अय्यर, क्विन्टन डी कक (विकेटकीपर), अङ्क्रिश रघुवंशी, रिंकु सिंह, सुनील नारायण, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राणा, वरुण वक्रवर्ती, स्पेन्सर जोन्सन, वैभव अरोरा ।