१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो



अ+ अ-

इटहरी (सुनसरी): इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।

भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्यले अहिले नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।रासस