७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप



अ+ अ-

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले मेयर बालेन्द्र साहले मदिराको सनकमा धम्की दिएको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मेयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग माग गरेको हो ।

‘मेयर बालेन्द्र शाहको मदिराको सनकमा अबको एक हप्तामा कर्मचारिले तलब नपाए “टुकुचामा गाड्छु” भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीको गम्भिर ध्यान आकर्षण भएको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’।