१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप



अ+ अ-

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले मेयर बालेन्द्र साहले मदिराको सनकमा धम्की दिएको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मेयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग माग गरेको हो ।

‘मेयर बालेन्द्र शाहको मदिराको सनकमा अबको एक हप्तामा कर्मचारिले तलब नपाए “टुकुचामा गाड्छु” भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीको गम्भिर ध्यान आकर्षण भएको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’।