काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।











