१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । सोमबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो । 

यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उहाँले बताउनुभयो । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । 

यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षिया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।