१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमण बढेमा आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउन सक्ने



अ+ अ-

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आवश्यकता अनुसार कफयू आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारलाई अधिकार दिएको छ । आज साझ बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको अबस्था हेरी आबश्यकता परे निषेधाज्ञा  जारी गर्न अनुमति दिएको हो ।

बैठकले संक्रमण रोग नियन्त्रणसम्बन्धी ऐन २०२० को प्रयोग गरी आवश्यकताका आधारमा निषाधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई नै दिने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ । 

बैठकले लामो दुरीको यातायात तथा आन्तरिक  बाह्य उडान पनि अर्को निर्णय नुहदा सम्म भन्दै भदौ १५ गते सम्मका लागि स्थगित गर्ने निणय गरेको छ ।  बैठकले  कोभिड—१९ संकट व्यवस्थापन सेन्टर, सीसीएमसीको सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्रहरु लाई  १५ दिन पनि सुचारु गर्न दिने निर्णय गरेको हो । 

बैठकले  विद्यालय भर्ना गर्न दिएको अनुमति लाई पनि भदौ १५ गते सम्म स्थगित गरेको छ । मन्त्री परिषद्को् बैठकले भारत संगको सीमामा थप कडाई गर्दे १० बटा नााकाबाट मात्र प्रबेश दिने निर्णय गरेको छ । हाल २० वटा नाका बाट प्रबेश गर्ने अनुमति दिईदै आईएको  छ । यसैगरी दैनिक रुपमा सीमामा वार पार गर्ने कार्यलाई पनि पूर्ण रुपमा नियन्त्रण गर्नसुरक्षा निकायलाई निर्देशन दिएको छ ।