१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो



अ+ अ-

काठमाडौँ। सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

सोमबारको तुलनामा आज सुन तोलामा दुई सय रुपैयाँ घट्दा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन। चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।