१० श्रावण २०८३, आईतवार
,
Latest
सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई बालेनको छुद्र चेतावनी– ‘कर्मचारीले तलब नपाए टुकुचामा गाडिदिन्छु’



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारको दम्भका कारणले महानगरका कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताएका छन् ।

प्रमुख बालेनले गएराति सामाजिक सञ्जालमार्फत् अबको एक हप्ताभित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनीसमेत दिएका छन् ।

उनले भनेका छन्– ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमीहरुको के के तन्त्र हो !!’

बालेनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ । कसैले बालेनलाई साहसिक नेताको उपमा दिएका छन् भने कतिपयले छुद्र अभिव्यक्ति भनेका छन् ।