८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

आँपमा ‘अफइयर’ : पुराना बोट फुलेनन्, नयाँमा ढकमक्क

आँपमा ‘अफइयर’ : पुराना बोट फुलेनन्, नयाँमा ढकमक्क
अ+ अ-

महोत्तरी। अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ । कतिपय बोटमा त फूल नै फुल्दैन । यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’ भनिन्छ ।

यसवर्ष आँपका लागि अफइयर हो । तर अफइयरको प्रभाव पुराना बोटमा मात्र देखिएको छ । पाँच/छ वर्षका आँपका रुख मज्जाले फुलेका छन् । भङ्गाहा–४ रामनगरकी शान्तिदेवी साहका बारीमा आँप फुलेर बोटै ढाकेका छन् । बगैँचाका पुराना रुखमा फूल नफुले पनि नयाँ बोटमा पातै नदेखिने गरी फूल फुलेपछि साह आँप फल्ने आशामा हुनुहुन्छ ।

“यसवर्ष वरपर आँप खासै फूलेका छैनन् तर हाम्रोमा त फूलले पातै देखिँदैन”, साहले भन्नुभयो, “यो फूल २५ प्रतिशत मात्र टिक्यो भने पनि नयाँ रुखले फल थेग्न सक्दैन ।” साहले भने जस्तै जिल्लाका सबै भेगमा यसवर्ष पुराना बोटमा फुल कम फुलेको छ ।

जिल्लाको गौशाला, बर्दिवास, मटिहानी, पिपरा र मनराशिशवासहितका स्थानीय तह आँप उत्पादनका उर्बर क्षेत्र मानिन्छन् । सबैतिर पुराना रुखमा अफइयरको असर देखिए पनि नयाँ रुखमा फूल फुलेको गौशाला–१० का अरुण कुशवाहाले बताउनुभयो । “पुराना रुखमा त कमै फूल फुलेको छ, तर नयाँ रुखमा मज्जाले फुलेको छ”, उहाँले भन्नुभयो ।

यसवर्ष आँपलाई प्रतिकूल मौसम रहेको किसान बताउँछन् । पानी नपरी हिउँदयाम बित्नु सबैभन्दा ठूलो समस्या छ ।  गतवर्ष राम्रो फलेको आँप यसवर्ष कम फुलेको फलफूल विज्ञ बताउँछन् । “यो सामान्यतया अरु फलमा पनि हुन्छ, आँप, लिचीसहितका फलमा बढी देखिन्छ”, बागबानी विज्ञका रुपमा काम गरी सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्नुहुन्छ, “खासगरी स्थानीय जातका पुराना रुखमा यो असर हुन्छ ।’’ अफइयर सामान्यतया तेस्रो वर्षमा हुने उहाँको भनाइ छ । यसअघिका दुई वर्ष आँप निकै फलेका थिए ।

यसवर्ष पनि आँपका बोट मज्जाले फूल फुलेपछि बर्दिवास–९ पशुपतिनगरका किसान रामविनोद महतोलाई सन्तोष मिलेको छ । अब चैत/वैशाखको असिना र हुरीवतासमा जोगिए आँपबाट राम्रो कमाइ हुने महतोको आशा छ ।

अन्नबालीसहितका अरु फसल फेरिफेरि लगाए जस्तै फलफूल पनि १०/१५ वर्षमा ठाउँ फेरेर नयाँ बिरुवा लगाउँदै गए उत्पादन भइरहने फलफूल विज्ञ भुजेल बताउनुहुन्छ । कम फुलेको आँपलाई यसवर्ष मधुवा (मज्जरमा लाग्ने डढुवा रोग) को प्रकोप छ । मधुवाको प्रकोप पानी नपरेर बढेको किसान बताउँछन् । जिल्लामा पाँच÷छ वर्षयताका नयाँको तुलनामा पुराना रुख बढी हुँदा आँप कम उत्पादन हुने अनुमान गरिएको छ ।

“हिउँदे वर्षा नहुँदा आँप, लिची, रुखकटहरमा फूल फुल्न सकेन, अहिले आँपका फूलमा देखिएको मधुवा पनि पानी नपरेरै बढेको हो”, औरही–७ का ७० वर्षीय मोहन महतोले भन्नुभयो, “राम्रो वर्षा भएर रुखका पात, हाँगा सबै पखालिएर जरामा राम्रो चिस्यान भएमा अरु रोग कम लाग्छ ।”

जिल्लामा पछिल्लो एक दशकयता फुलफूल खेती बढ्दो छ । कृषि कार्यमा जनशक्ति पाउन छाडेपछि किसानले फलफूल खेती बढाएका हुन् । १० वर्षअघि पाँच हजार हेक्टरभन्दा कम क्षेत्रफलमा भएको फलफूल खेती वृद्धि हुँदै हाल १० हजार हेक्टर नाघेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजकिशोर यादव बताउनुहुन्छ ।

महोत्तरी आँप बढी उत्पादन हुने जिल्लामध्येको एक हो । मधेसको मुख्य फल र फलको राजा भनिने आँप कम फुलेपछि यसवर्ष आँपको मूल्य बढ्ने अनुमान गरिएको छ । रासस