१६ असार २०८३, मंगलवार
,
Latest
सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई ट्र्याक्टर अवैध सालको काठसहित छ पक्राउ



अ+ अ-

लहान । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्र्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ  साहलाई पक्राउ गरेको हो ।
 
काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले काठ बोकेको ना४त ८७२८ र स१त ५२९७ नंको ट्र्याक्टर र एक थान मोटरसाइकलसहित सबै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो । दुवै ट्र्याक्टरबाट ६९ थान सालको चिरान काठ बरामद भएको प्रमुख दासले बताए । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।