६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले ०.१२ सेकेन्डमा स्टम्पिङ गरे, रोहित आईपीएलमा १८औं पटक शून्यमा आउट



अ+ अ-

एजेन्सी । आइपिएल–१८ अन्तर्गत आइतबार भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्यो ।

चेपौक स्टेडियममा एमआईले सीएसकेलाई १५६ रनको लक्ष्य दिएको थियो। जवाफमा कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रको अर्धशतकको मद्दतले चेन्नईले ६ विकेटमा १५८ रन बनाएर जित निकालेको हो ।

खेलको क्रममा धेरै रोचक क्षण र रेकर्डहरू देखियो। आउट भएपछि रायन रिकेल्टनले स्टम्पमा ब्याट हाने । एमएस धोनीले सूर्यालाई ०.१२ सेकेन्डमा स्टम्प गरे। यस्तै, रोहित आइपिएलमा १८ औं पटक शून्य रनमा आउट भए । यस्ता छन् अन्य रोचक क्षणहरुः

रोहित पहिलो ओभरमा आउट

मुम्बईका तर्फबाट रोहित शर्मा खाता नखोलेर प्याभिलियन फर्किएका थिए । उनलाई पहिलो ओभरको चौथो बलमा खलिल अहमदको हातमा मिड विकेटमा शिवम दुबेले क्याच आउट गरेका थिए।

रिकल्टनले आउट भएपछि स्टम्पमा हिर्काए

मुम्बई इन्डियन्सले तेस्रो ओभरमा दोस्रो विकेट गुमाएको थियो। ओभरको दोस्रो बलमा खलिल अहमदले रायन रिकेल्टनलाई बोल्ड गरे। आउट भएपछि रिकेल्टनले रिसले ब्याटले स्टम्पमा हिर्काएका थिए ।

अश्विनलाई पहिलो ओभरमा विकेट

३५९० दिनपछि चेन्नई फर्किएका रविचन्द्रन आश्विनले आफ्नो पहिलो ओभरमा विकेट लिएका थिए । उनले इनिङ्सको ५ औं ओभरमा विल ज्याकलाई क्याच आउट गरेका थिए । चौथो बलमा अश्विनले गुड लेन्थ बलमा बल दिए । ज्याक मिडअफमा ठूलो शट खेल्न गए, तर शिवम दुबेले क्याच गरे। ज्याकले ७ बलमा ११ रन बनाए ।

धोनीले सूर्यालाई ०.१२ सेकेन्डमा स्टम्प गरे

११ औं ओभरमा नूर अहमदले सूर्यकुमार यादवलाई आउट गरे । उनलाई एमएस धोनीले विकेट पछाडि स्टम्प गरेका थिए । मुम्बईका कप्तान सूर्यकुमार यादव अगाडि बढेर ठूलो शट खेल्न चाहन्थे तर चुकेका थिए । यहाँ धोनीले फास्ट स्टम्पिङ गरे । उनले ०.१२ सेकेन्डमा स्टम्पिङ गरेका थिए ।

धोनीले डीआरएस लिए, सेन्टनरलाई आउट गरे

मुम्बईले १८ औं ओभरको अन्तिम बलमा ८ औं विकेट गुमाएको थियो । नाथन एलिसको सर्ट अफ लेन्थ बल मिचेल स्यान्टनरको प्याडमा प्रहार भयो। चेन्नईको टोलीले अपिल गरेपछि अम्पायरले नटआउट दिए । कप्तान रुतुराज गायकवाडले एमएस धोनीको अनुरोधमा समीक्षा लिएका थिए। डीआरएसमा सान्टनर आउट भएका थिए ।